
नेपाली कथानक चलचित्र ‘माया पिरिम’ युट्युबमा सार्वजनिक भएको छ ।
टेक पौरखी राई निर्देशित चलचित्रमा कोशिश क्षेत्री, किरण चन्द, अनुपमा भण्डारी, सलोन बस्नेत, अञ्जली अधिकारी, अर्जुन गुरुङलगायतको अभिनय छ । चलचित्र दुई वर्षअघि हलमा प्रदर्शनमा आएको थियो ।
प्रविन थापा र सविन अधिकारी निर्माता रहेको चलचित्रले हलमा राम्रो व्यापार गर्न असफल भएको थियो । युटयुबमा भने चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको छ ।