
नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा शुरू गरेको छ ।
आइतवार एक समारोह आयोजना गरी सो भवनबाट सेवा शुरू गरिएको हो ।
नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक राम भुषण सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदार रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा बल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको उल्लेख गरेका थिए ।