×

NMB BANK
NIC ASIA

मतदाताकाे मत

उम्मेदवारलाई झापाका किसानको प्रश्न : मल–बिउ नदिने नेतालाई किन भोट दिने ?

कात्तिक २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मिति आउन करिब २ साताको समय मात्रै बाँकी रहँदा नेता तथा कार्यकर्ताहरूलाई चुनावी चटारो छ । नेताहरू गाउँबस्तीमा भोट माग्न व्यस्त छन् । 

Muktinath Bank

झापा धुलाबारी नजिकैको आरती टोलका किसानलाई चाहिँ चुनावभन्दा बाली भित्र्याउने चटारोले छपकै छोपेको छ । नेताहरूले किसानको दुःख नबुझेका कारण चुनावप्रति आफूहरूलाई खासै चासो नभएको किसानहरूको भनाई छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुलाबारी चोकबाट ४ किलोमिटरको दुरीमा रहेको मेचीनगर–११ स्थित धाइजन, आरतीटोल हुँदै स्कूलडाँडासम्मका किसानहरूलाई अहिलेसम्म चुनावी रन्कोले छोएको छैन् ।


Advertisment
Nabil box
Kumari

कृषक भानु कुँवरले राजनीतिक दल र नेताहरूप्रति असन्तुष्टि पोख्दै भने, ‘आफूले जित्नका लागि नेताहरूले गठबन्धन गरेका छन् । गठबन्धनको नाममा भाग लगाएर खाने काम भइरहेको छ ।’ 

Vianet communication
Laxmi Bank

दलहरूमा एक्लै चुनावमा जाने, आफ्ना एजेण्डा राख्ने र जनताबाट अनुमोदित भएर आउने आँट नै हराएको कुँवरको बुझाई छ ।

चरम महंगीले सर्वसाधारणको चुल्होमै असर गरेको तर, नेताहरू भने जनजीविकाको सन्दर्भमा बेखबर जस्तो देखिएको उनले बताए । ‘दिनभर काम गर्दा २ सय रूपैयाँ ज्याला पाइन्छ । होटलमा गएर एक छाक खाना खादा २५० रूपैयाँ खर्च हुन्छ । यो अवस्था राजनीतिक दलहरूकै अकर्मण्यताले भएको हो’, कुँवरले भने । 

देशमा रहेको अव्यवस्थाका कारण कृषकले उत्पादनको मूल्य नपाएको, रोजगारीका लागि विदेशिनु परेको समस्या उनले सुनाए । 

‘रोजगारीका लागि परिवार छोडेर विदेशिनुपर्छ । अहिलेसम्म राजनीतिक दल र तिनका नेताले युवालाई स्वदेशमै राख्ने व्यवस्था मिलाउन सकेनन् । फेरि पनि उनीहरू नै चुनावका लागि भोट माग्न आएका छन् । फेरि पनि उनीहरूलाई नै किन भोट दिने ?’, उनले भने । 

अर्का कृषक भूपेन्द्र गौतमलाई चुनावमा भोट हाल्ने कुनै उत्साह छैन । उनी भन्छन्, ‘मलाई चुनावप्रति कुनै उत्साह छैन् । भोट हाल्न पनि जाने कि नजाने भन्ने दोधारमा छु । जसलाई भोट दिए पनि के नै हुने रहेछ र ? हामी किसानको दुःख कसैले बुझ्ने होइनन् ।’ 

किसानले बेलामा मल, बिउ नपाउने, उत्पादनले बजार नपाउने विषयका कुनै दल वा सरकारले सहजिकरण नगरिदिएको गुनासो उनीहरूको छ । 

अहिले नेतृत्वमा रहेका नेताहरूको विकल्प खोज्नुपर्ने बेला भएको अर्की किसान भावना कुँवरको भनाई छ । 

‘अहिलेका बुढा नेताले देशलाई कुनै गति दिँदैनन् । सिट ओगट्ने काम मात्रै गर्छन् । नयाँलाई काम गर्न दिँदैनन् आफू पनि गर्न सक्दैनन्’, उनले भनिन्, ‘राम्रो सिस्टम बनाउने, देश विकास गर्ने, सहज सेवा र सुविधा दिने भन्ने नेताको ध्यानमा छैन ।’ 

जनताले मागेको खानेपानी, स्वास्थ्य, शिक्षा, सडकसहितको विकास भएको तर, दलहरूले भने स्यानिटरी प्याड दिने योजना ल्याएको भन्दै उनले व्यङ्ग्य गरिन । 

अर्का किसान राजन पोखरेल भने यो वा त्यो दलले राम्रो गर्ला कि भनेर छान्दा छान्दै मतदाताको जीवन वित्ने गरेको बताउँछन् । 

‘यसले राम्रो गर्ला कि उसले राम्रो गर्ला भन्दैमा जीवन सकिने भयो । चुनाव जितेर गएपछि नेतालाई हाइसन्चो । जितेपछि किन जनता सम्झिन्थे ?’, पोखरेलले भने ।

झापामा बनिरहेको हुलाकी मार्ग समयमा नबनेको विषयमा पनि स्थानीय रूष्ट छन् । हुलाकी मार्गलाई देखाएर जग्गा प्लटिङ गर्ने, मुल्य बढाउने काम मात्रै भएको तर, जनताले सुविधा भने नपाएको स्थानीय हरिबहादुर भण्डारीले बताए । 

नेताहरूले सडक पिच गर्ने भन्दै चुनाव जित्दै गरेको तर, बाटो भने कहिल्यै पिच नभएको भण्डारीले बताए । 

यस पटकको चुनावमा भने भोट माग्न आउने नेतालाई आफ्ना विषय सुनाएर र समस्या समाधानमा प्रतिवद्धता गराएर मात्रै मत दिने मनिस्थितिमा धुलाबारी वरपरका मतदाता रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x