
आत्महत्याको प्रयास भएको समाचार भाइरल भएपछि गायक प्रकाश दूतराजले यसबारे स्पष्टीकरण दिएका छ । सामाजिक सञ्जालमार्फत उनले गलत बुझाई तथा सूचनाको आधारमा प्रकाशित समाचारहरुले आफूलाई माया गर्नेहरुमा पर्न गएको असरप्रति क्षमा मागेका छन् ।
समाचारहरुले आफूलाई असजिलो महसूस भएको उल्लेख गर्दै दूतराजले भनेका छन्, ‘म केही छिन हराउनु म मर्नु हैन नि !’
उनले यो खबरपछि आफूलाई आमाले मधुरो बोली पार्दै फोन गरेको पनि बताएका छन् । ‘बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दुखले जन्माएको हुर्काएको होइनौँ नि तिमीहरुलाई’, उनले भनेका छन्, ‘माया गर्नेहर को आँशुले सराप्छ । कसरी मार्न सक्थेँ र यो शरीरलाई ?’
उनले आफूमा एकलकाँटे स्वाभाव रहेको र यो स्वाभाव फेरिन नसकेको उनले बताएक छन् । अस्ट्रेलिया भ्रमणका क्रममा उनले आत्महत्याको प्रयास गरेको खबरहरु बाहिरिएका थिए ।