
भारतमा अत्याधिक सफलता पछि, फिल्म आरआरआर जापानमा सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्म बनेको छ ।
जापानमा २४० स्क्रिनमा रिलिज भएको आरआरआरले १७ दिनमा करिब १० करोड भारतीय रुपैयाँ कमाएको छ।
योसँगै यो आमिर खानको फिल्म थ्री इडियट्सलाई पछि पार्दै जापानमा सबैभन्दा धेरै कमाउने तेस्रो भारतीय फिल्म बनेको छ ।
यसपछि २४ वर्षअघि रिलिज भएको रजनीकान्तको मुथु र एसएस राजामौलीको बाहुबली २ छन् ।
फिल्मका मुख्य कलाकार राम चरण र जूनियर एनटीआरले जापानमा आफ्नो फिल्मको जबरदस्त प्रमोशन गरेका थिए ।
जापानमा भारतीय फिल्मको कमाईको कुरा गर्ने हो भने २४ वर्षअघि रिलिज भएको रजनीकान्तको फिल्म मुथु २२ करोड कमाएर अझै शीर्ष स्थानमा छ ।
योसँगै बाहुबली २ ले १६ करोड कमाएर दोस्रो स्थानमा छ । थ्री इडियट्स अहिलेसम्म ९ करोड कमाएर तेस्रो स्थानमा थियो तर अहिले १० करोड कमाएर आरआरआर तेस्रो स्थानमा पुगेको छ ।
आरआरआरले अहिलेसम्म विश्वभर १२०० करोड भारतीय रुपैयाँभन्दा बढी सङ्कलन गरेको बताइएको छ ।
फिल्ममा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट मुख्य भूमिकामा छन् ।
फिल्म २५ मार्च २०२२ मा सिनेमाघरमा रिलिज भएको थियो।