×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

शेखर कोइरालाको चुनावी घरदैलो– 'एकपटक मत दिनुस्, ५ वर्षसम्म विकास र समृद्धि दिन्छु'

कात्तिक २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङ– ६ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । 

Muktinath Bank

मंगलवार बिहानै घरदैलो र ४ वटा कोणसभा सकेर कोइराला ११ बजे बूढीगंगा गाउँपालिकास्थित गोकुवा थान पुगेका थिए । त्यहाँ पनि घरदैलो र कोण सभाको कार्यक्रम आयोजना गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी गाडीबाट ओर्लिनेबित्तिकै एकजना मतदाताले गुनासो राखिन्, ‘हुनेखानेका छोरा–छोरीले अंग्रेजी माध्यममा पढे । हाम्रा छोराछोरी सरकारी विद्यालयमा छन् । अंग्रेजी माध्यममा पढ्न पाएनन् । सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाइ हुने व्यवस्था मिलाइदिनुपर्‍यो ।’


Advertisment
Nabil box
Kumari

डा. कोइरालाले उनलाई आश्वस्त पार्दै भने, ‘चुनाव जितेर गएपछि त्यसका लागि पहल गर्छु । चुनावमा मलाई भोट दिनुपर्‍यो ।’

Vianet communication
Laxmi Bank

कार्यक्रमलाई सम्बोधन गर्नुअघि उनले उपस्थित स्थानीय युवा र महिलाहरूका गुनासो सुने । केही युवाले खेल मैदानको स्तरोन्नति हुनुपर्ने, भित्री सडक कालोपत्रे हुनुपर्ने माग राखे । 

उनीहरूले राखेका समस्या समाधान गरिदिने प्रतिबद्धता कोइरालाले व्यक्त गरे । केही दिनदेखि कोइराला मतदातासँग भेटघाट गर्ने र गुनासो सुन्ने काममा व्यस्त छन् । उनी बिहान–बिहान ७ः३० बजेदेखि साँझसम्मै यस्तै भेटघाट, छलफल र चुनावीसभामा सहभागी हुने गरेका छन् ।

घरदैलो कार्यक्रममा मात्रै होइन, साँझ घरमै आएका नेता कार्यकर्तासँग पनि उनले चुनावी छलफल गरिरहेका छन् । भोलिपल्टको कार्यक्रम तय गरेर बेलुका ९ बजे सुत्ने गरेको कोइरालाले बताए । 

चुनाव प्रचारका क्रममा शेखरले नबिर्सी दोहोर्‍याउने विषय छ, ‘हामीले माग्ने १ पटक मात्रै हो तर, हामीले दिनेचाहिँ ५ वर्ष हो ।’

यसलाई  प्रस्ट्याउँदै उनी भन्छन्, ‘हामीले मतदातासँग मत माग्ने एकपटक मात्रै हो । जितेर गएपछि हामीले ५ वर्षसम्म विकास र समृद्धिका कार्यक्रम दिइरहनुपर्छ ।’

गोकुवा थानमा आयोजित कोणसभामा पनि कोइरालाले यही कुरा दोहोर्‍याए । उनले भने, ‘जनताले मत दिनुपर्ने एक दिन मात्रै हो । त्यसपछि जनप्रतिनिधिले ५ वर्षसम्म विकास र समृद्धि दिइरहनुपर्छ । यो क्षेत्रमा तपाईंहरूको अगुवाइ म गर्छु । मलाई जिम्मेवारी दिएर पठाउनुस् ।’

सभामा धेरैजसो महिलाहरू कोइरालाको भाषण सुन्न आएका थिए । तर, ‘एक दिन माग्ने र ५ वर्षसम्म दिने’ कुरा ग्रामीण भेगका महिलाले छिचोलेर बुझ्न सकेनन् । उनीहरूले त्यसमा प्रस्टीकरण खोजिरहेका थिए । 

मोरङ– ६ मा सत्तारूढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा डा. कोइराला उम्मेदवार छन् । प्रदेशसभा सदस्यमा भने माओवादी केन्द्रका जीवन आचार्य र कांग्रेसका केदार कार्की उम्मेदवार छन् । 

जीवन आचार्य

कोइरालाले चुनाव प्रचारका कार्यक्रममा आचार्यलाई सँगै लिएर हिड्छन् । कहीँ छुटाउँदैनन् । मतदातालाई रूख र हँसिया हँथौडा चुनाव चिह्नमा भोट हाल्न अपिल गर्छन् ।

गोकुवा थानको कोण सभामा भाषण गर्दै उनले स्थानीय समस्या सम्बोधन गर्ने आश्वासन दिए । 

उनले भने, ‘तपाईंहरूको गाउँमा अंग्रेजी माध्यममा पढाउने विद्यालयको आवश्यकता रहेछ । अब सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाटै पढाउने व्यवस्था मिलाउने जिम्मा हामीलाई दिनुहोस् । हामी तपाईंका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिएर डाक्टर, वकिल, इञ्जिनीयर, प्राध्यापक बनाउने वातावरण बनाइदिन्छौं ।’

मतदाताले उठाएका बाटो, पुल, खानेपानी, चापाकलदेखि बेरोजगारीसम्मका समस्या समाधानको प्रयास आफूले गर्ने प्रतिबद्धता कोइरालाले व्यक्त गरे ।

‘मतदाताको मुख्य चासो विकास र समृद्धिमा छ । मैले जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता दिएका छु,’ कोइरालाले लोकान्तरसँग भने, ‘यहाँ स–साना समस्याहरू रहेछन् । स्थानीयहरूले मलाई यी समस्या समाधान गरिदिनुहोस् भन्नुभएको छ । अब मेरो मुख्य ध्यान ती समस्या समाधान गर्नेमा हुनेछ ।’

स्थानीयमा चाहिँ डा. शेखरले बोलेको कुरा पुर्‍याउँछन् भन्ने छाप रहेछ । 

स्थानीय मतदाता जनी पौडेलले भनिन्, ‘उहाँप्रति यहाँका जनताको आशा र भरोषा छ । उहाँको अपेक्षाअनुसार नै यहाँका मतदाताले जिताउने छन् ।’

अर्की मतदाता लक्ष्मी पौडेलले जनअपेक्षाअनुसार काम गर्ने नेताकोरूपमा कोइरालालाई चिनेको बताइन् । 

लक्ष्मी पौडेल

प्रतिबद्धता पूरा गर्ने नेता भएकाले नै उनको भाषण सुन्न आएको पौडेलले बताइन् । ‘उहाँले यसक्षेत्रका लागि राम्रो काम गर्नुहुनेछ भन्ने आशा छ, त्यसैले भाषण सुन्न आएकी हुँ,’ पौडेलले भनिन् ।

अर्का मतदाता पुन्यप्रसाद न्यौपानेले भने नेताको कुरा र काममा तालमेल नहुने गरेको गुनासो गरे ।

स्थानीय मतदाता सुनिता चौधरीले विज्ञ र योग्य नेताकारूपमा कोइरालालाई पाएको बताइन् । 

सुनिता चौधरी

‘विज्ञ र योग्य नेताकारूपमा डा. कोइराला हाम्रो गाउँठाउँमा आएका छन् । उनले चुनाव जिते भने विकास र समृद्धिका योजना ल्याउँछन् भन्ने लागेको छ’, चौधरीले भनिन् ।

गोकुवामा आयोजित कार्यक्रम सकिएलगत्तै खाना खाने कार्यक्रम थियो । दिउँसो साढे १२ बजे खानपिनको तारतम्य मिल्यो  । कार्यक्रमस्थलनजिकै एक कार्यकर्ताको घरमा खानपानको व्यवस्थापन गरिएको रहेछ । 

कोइरालाले हरेकलाई खाना खान भने । खाना खाए नखाएको सबैलाई सोधे ।

खानामा दाल, भात, तरकारी र खसीको मासुको व्यवस्था गरिएको थियो । कोइरालाले कार्यकर्ता र स्थानीयसँगै बसेर खाना खाए ।

कार्यकर्ताले शेखरलाई खाना खानका लागि कोठभित्र राख्न खोजेका थिए । तर, उनले बाहिरै टेबलमा बसेर कार्यकर्तासँगै खाना खाए ।

उनले थोरै मात्र भात खाए । दाल पिए । खाना खाने क्रममा मासु बाँड्दै आएकासँग कोइरालाले आफूलाई ह्याकुलो मन पर्ने भन्दै ठट्टा गरे । खानासँगै उनले ३ पीस मासु खाए । 

खाना खाने कार्यक्रम सकेपछि पार्टी कार्यालयमा आयोजित चुनावी सभामा सहभागी हुने कार्यक्रम थियो । उनी त्यसतर्फ लागे ।

मोरङ– ६ मा यसपटक पनि एमालेबाट लालबाबु पण्डित उनका प्रतिस्पर्धी छन् । 

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x