२७ असार २०८३, शनिबार

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

कात्तिक २३, २०७९
इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ । सेगवे इ–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो । 

यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको छ । 

ई११०एलमा विभिन्न इण्डष्ट्री लिडीङ्ग उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले  प्रभावशालीे प्रदर्शन प्रदान गर्दछ ।

२४०० वाटको अधिकतम मोटर पावर र ७२ भी २४ ए ब्याट्री क्षमताको साथ इ–स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ ।

सेगवे–नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टर को लागि एक प्रख्यात ब्रान्ड हो ।

यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गरी आएको छ ।

आई हव प्रा.लिमिटेड नेपालमा सेगवे–नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो ।

सेगवेले नेपालीे बजारमा पहिला देखि नै ई१०० र ई १२५ को प्रवद्र्वन गर्दै आइरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्