×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मधेशमा हाम्रा सबै उम्मेदवारले जित्दैछन्, थ्रेसहोल्ड पनि कट्छ– राजेन्द्र महतो [अन्तर्वार्ता]

कात्तिक २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता गठबन्धनको एक घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही– २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा छन् ।

Sagarmatha Cement
Muktinath Bank

गठबन्धनकै अर्को दल नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव उनका प्रतिद्वन्द्वी छन् । पातलो कुर्ता, धोती, गम्छा र चप्पल लगाएर चर्को घाममा पसिना चुहाउँदै सर्लाहीको सुखचैना गाउँमा घरदैलो कार्यक्रम गरिरहेका बेला भेटिएका महतोसँग लोकान्तकर्मीहरू विन्देश दहालअजयअनुरागीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्ततः तपाईं गृहजिल्ला फर्किनुभयो । अघिल्लो चुनावमा जनकपुर किन जानुभएको थियो र अहिले सर्लाही किन फर्किनुभयो ?


Advertisment
Nabil box
Kumari

– धनुषा जानुपर्ने थियो र गइयो । त्यहाँ उद्देश्यहरू पूरा गर्नुथियो र गरियो । लक्ष्य पूरा भइसकेपछि गृहजिल्ला फर्किइयो । त्यतिखेर मधेशी गठबन्धन थियो । गठबन्धनबाट बहालवाला सांसद महेन्द्र राय यादवले दाबी नछाडेपछि मलाई अन्यत्रबाट लड्नुपर्छ भनेर प्रस्ताव आयो । 

Vianet communication
Laxmi Bank

त्यतिबेला धनुषाबाट प्रदेशको राजधानी बनाउनुपर्ने, मधेशको नामकरण गर्नुपर्ने, नयाँ जनकपुर बनाउनुपर्ने लगायतका सवालहरू जनकपुरमा उठिरहेका थिए । जनकपुरमा राजेन्द्र महतोको माग भइरहेको थियो । निधिको हैन, विधिको शासन आउनुपर्छ लगायतका कुराहरू त्यहाँ आइरहेका थिए । त्यही प्रयोजनका लागि धनुषाका साथीहरूले मलाई त्यहाँ बोलाउनुभएको थियो । 

अन्ततः म जनकपुर गएँ । त्यो मेरो लागि नयाँ ठाउँ थियो । पार्टी संगठन र कार्यकर्ताको अभाव थियो । तर त्यहाँका जनताले मलाई धेरै मायाप्रेम गर्नुभयो । मधेश आन्दोलनको रापताप थियो । त्यसलाई जोगाउन, मधेशी जनताको हकअधिकारको सवाललाई संसदमा उठाउन, जनकपुरको दुरवस्थालाई सुधार्न र त्यहाँ विधिको शासन स्थापित गराउन जनकपुरमा मलाई अभिभारा दिइएको थियो । त्यसलाई पूरा गर्न मैले निष्ठाका साथ काम गरें । 

यही बेलामा सर्लाही पनि दुरवस्थाबाट पीडित छ । सर्लाहीका मानिसले मलाई गाली गर्थे । उनीहरू मलाई सर्लाही बर्बाद भयो, जनकपुर त बनाइराख्नुभएको छ, अब सर्लाही पनि बनाउनुपर्छ भनिरहेका थिए ।

जिल्लाका कार्यकर्ताहरूले तपाईंलाई यी सबै कुरा भने ?

– जिल्ला नेतृत्वविहीन अवस्थामा थियो । त्यस्तै मलंगवा र हुलाकी सडकको दुरवस्था अनि अधिकार पहिचानका लागि लड्नेहरू माओवादीतर्फ पलायन भएपछि कार्यकर्ता तथा आमजनताको सब्र (धैर्य) को बाँध टुट्यो र मलाई सर्लाही गएर उम्मेदवारी दिनुपर्छ भन्दै सुझाव आयो । सर्लाहीलाई नै बनाउने, त्यहीँ बसेर मधेशको आवाज उठाउने हो भन्दै मलाई अत्यधिक दबाब आयो । जायज दबाब आएपछि मैले अत्यधिक मन परेको जनकपुर छोड्नुपर्‍यो । त्यहाँ अत्यधिक काम पनि सम्पन्न भइसकेका छन् । 

यहाँ एकदमै मेहनत गरिरहनुभएको छ । खुट्टामा फोका पनि उठेछन् । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

– जनताको अत्यधिक प्रेम पाएको छु । संगठन त आखिर हामीले नै बनाएको हो । तितरबितर र अस्तव्यस्त भइसकेको संगठनलाई यति सानो अवधिमै सुधार गरिसकेका छौं । यताउता घुमिरहेका सारा मधेशवादीहरू एकजुट भइरहेका छन् । सबभन्दा ठूलो कुरा, आम जनताले परिवर्तनको चाहना बोकिरहेका छन् । लगातार २५ वर्षदेखि सांसद रहेका महेन्द्र यादवले केही पनि गरेनन् । एउटा पनि उल्लेखनीय काम उनीबाट भएन । उनले सर्लाहीको दुरवस्था बनाइदिए भनी जनताले व्यापक रूपमा परिवर्तनको आवाज उठाइरहेका छन् । 

महेन्द्रजी र तपाईंले विगतमा पनि एकपटक प्रतिस्पर्धा गर्नुभएको थियो र तपाईं त्यसमा पराजित हुनुभएको थियो । अब उहाँलाई परास्त गर्ने अवस्था तपाईंले बनाइसक्नुभएको छ ?

– मैले हैन, जनताले परास्त गर्ने हो । जनताको मतदानले उहाँ पराजित हुने हो । त्यो अवस्था देखिएको छ यस क्षेत्रमा । 

तपाईंले यहाँबाट लडेर जोखिम मोल्नुभयो भनिरहेका छन् धेरैले ।

– जनकपुर जस्तो ठाउँमा त जोखिम भएन भने सर्लाहीमा के जोखिम हुन्थ्यो ? यहाँ बिल्कुल सहज अवस्था छ । सबैजना माया गर्ने, मन पराउने व्यक्तिहरू हुनुहुन्छ । म तीनचोटि चुनाव जितेको ठाउँ हो । 

जातिगत संरचनामा यादव र मुस्लिमको वर्चस्व छ भन्छन् नि । 

– विगतमा सर्लाहीको राजनीति जातिगत आधारमा भएकै हो । त्यसैले यहाँ समृद्धि र विकास हुन सकेन । जात भएपछि विकास किन चाहियो भन्ने सोच थियो । जातीय एजेन्डाको आधारमा मतदान भएपछि विकासको एजेन्डा पछि परिहाल्छ । त्यसबाट जनताले धेरै शिक्षा पाइसकेका छन् । सर्लाहीमा पुरानो अवस्था छैन, मलाई भनिएको थियो । मान्छेहरू जातपातभन्दा माथि उठिसकेका छन् । विकास नभएर जनता आत्तिएका छन् र परिवर्तनको कामना गरिरहेका छन् । 

त्यो कुरा यहाँ आएर मैले प्रत्यक्ष देखें । यादवको र मुसलमानको नारा लगाएर महेन्द्रजीले ठगिरहनुभएको थियो । अहिले जनता सचेत भएका छन् । यादवहरू नै आक्रामक रूपमा उहाँको विरुद्ध छन् । परिवर्तन गर्नुपर्छ भनी सबभन्दा बढी जोडतोडले आवाज उठाउने यादव समुदाय नै छन् । कार्यकर्ता र नेताको स्तरमा समेत यो आवाज व्यापक सुनिएको छ । 

मुसलमान समुदाय पनि सतर्क भएको छ । दुईचार पैसा मदरसाको नाममा दिएर कुनै पनि विकासको गतिविधि अघि बढाएनन् भनेर उनीहरूमा असन्तुष्टि छ । त्यसैले यसपालि जातीय नाममा हैन, विकासको नाममा मतदान हुन गइरहेको छ । त्यसैले पनि मलाई सहज अवस्था छ । 

मधेशका लागि लड्ने, संसदमा आवाज उठाउने विगतका इतिहास पनि जनताले याद राखेका छन् । गाउँगाउँमा जाँदाखेरी मैले संसदमा निर्वाह गरेको भूमिका जनताले याद गरिरहनुभएको छ । हाम्रो सांसदले कहिले पनि मधेशी, थारू, मुस्लिमको लागि बोलेन हैन भनेर मसँग जनताले भनिरहेका छन् । मधेशको आवाज उठाउने अनि जे सके जति जनकपुरको विकासका लागि पनि गरिरहनुभएकै छ, त्यसैले हामी तपाईंलाई नै मतदान गर्छौं भनिरहनुभएको छ । गाउँगाउँमा त्यही अनुसारको उल्लासमय वातावरण छ । 

सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार हामी हो भनेर महेन्द्र राय यादवहरू भनिरहनुभएको छ । तपाईंहरू पनि गठबन्धनमा हुनुहुन्छ । अलिकति अन्योलको स्थिति भएन र ?

– यो बकवास कुरा हो । गठबन्धनमा कुनै समस्या छैन, जनतालाई कुनै भ्रम छैन । मित्रवत् प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेस र लोसपाबीच भएको सम्झौताअनुसार यस क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा भइरहेको हो । 

कांग्रेसको उम्मेदवार प्रदेशको क र ख दुवैमा छ । यो कसरी भयो ?

– हो, प्रदेशमा बेइमानी गरिएको छ । उता कांग्रेसका जंगीलाल रायले टिकट पाउनुभएको छ । यता लोसपाका मेथुर चौधरीको जिम्मेवारी हो । आधिकारिक उम्मेदवार उहाँ नै हो । बाँकी सब जालझेल हो । माओवादीले जालझेल गरेको हो । जंगीलाल र मेथुरका विरुद्ध माओवादीले उम्मेदवारी दिएको छ । त्यो थपिएको उम्मेदवार हो । त्यसले केही गर्न सक्दैन । अन्ततोगत्वा गठबन्धनले घोषणा गरेको आधिकारिक उम्मेदवारहरूलाई नै जनताले जिताउनुहुन्छ । 

अहिलेको यो गठबन्धनपछि तपाईंहरूले कतिवटा सीट जित्नुहुन्छ ? 

– सीट जित्ने कुरा त जनताको मतदानबाट नै थाहा हुने हो । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उठाएका अधिकांश सीटहरू हामी जित्छौं । प्रदेशसभामा पनि धेरै सीटहरू जित्छौं । मधेश प्रदेशबाहेकका सीटहरू पनि जित्छौं । विभिन्न ठाउँमा प्रतिस्पर्धामा हामी छौं । थ्रेशहोल्ड पनि कट्ने अवस्थामा छ । प्रतिनिधिसभामा ५८ सीटमा हाम्रो उम्मेदवारी परेको छ । आगामी एउटा मुभमेन्टको कल्पना पनि हामी गरिरहेका छौं । 

सत्ता गठबन्धनमा रहेर पनि मुभमेन्ट हुन्छ ? भोलि त यो सत्ता गठबन्धनले नै सरकार बनाउला नि ?

– ठीक छ । सरकार पनि बन्छ, केही छैन । तर हामी सदन र सडक दुवैबाट संघर्ष गर्छौं । हामी सरकारमा बसेर पनि संघर्ष गर्छौं । मैले उपप्रधानमन्त्री पदका लागि शपथ ग्रहण गरेकै बेलामा पनि संघर्ष गरेको हो । बहुल राष्ट्रिय राज्य बनाउनुपर्छ नेपाललाई भनेकै हो । इमान्दारिता हुनुपर्छ, संघर्षको बाटो रोकिँदैन । 

गठबन्धनको जीत भएमा सरकारमा गइन्छ, हैन त ?

– अब हेरौं के अवस्था बन्छ ! तर नेपाली कांग्रेससँग हाम्रो गठबन्धन चुनावपछि पनि रहन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x