
प्रतिनिधि सभामा जारी गतिरोध हटाउन रास्वपा सभापति रवि लामिछानेले पहल थालेका छन् ।
लामिछानेले बुधवार दिउँसो नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बे लगायतसँग छलफल गरेका हुन् ।
छलफलमा नेकपा एमालेका केही सांसद, नेकपा सांसद वर्षमान पुन, राप्रपाकी खुश्बु ओलीलगायत सहभागी छन् ।
रविसँगको छलफलपछि विपक्षी दल केही लचिलो बनेका छन् ।
प्रधानमन्त्री बालेनले नेपालले समेत भारतको सीमा मिचेको भनेर जेठ १७ गते दिएको अभिव्यक्ति सच्चाउनु पर्ने मागसहित विपक्षी दलले संसदमा अवरोध गरिरहेका छन् ।
यसअघि लामिछानेले अस्ति विपक्षी दलका नेतासँग छलफल गरेका थिए ।
प्रधानमन्त्रीको सट्टा आफूले संसद्मा जवाफ दिने भन्दै उनले संसद्को गतिरोध हटाउन आग्रह गरेका थिए ।
विपक्षी दलसँग रविको छलफलका कारण बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा दिउँसो साढे १२ बजेसम्म शुरू हुन सकेको छैन ।