मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
देशभरका विभिन्न स्थानमा भएको दुर्घटनामा ८ जनाको निधन भएको छ ।
प्रहरीले बिहीबार जारी गरेको बुटेलिन अनुसार, मोटरसाइकल, ट्याक्टर र जीप दुर्घटनामा उनीहरूको निधन भएको हो । काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको निधन भएको छ ।
बुधबार ना. ८ ख. १८४१ नम्बरको ट्रकले बा.प्र. ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको छ ।
स्कुटर चालक कास्की मादी गाउँपालिका–९ बस्ने ४७ वर्षीय बेल बहादुर राना मगर र सोही ठाउँ बस्ने ४१ वर्षीया कल्पना राना मगरको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसैगरी, बाराको पचौरौता नगरपालिका–८ नहरको बाटोमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । प्र.२–०३००१ त ४९९१ नम्बरको धान बोकेको ट्याक्टर खेतबाट बाटोमा उकालो चढाउने क्रममा पल्टिएर बुधबार साँझ ट्याक्टर चालक स्वर्ण गाउँपालिका–३ का २७ वर्षीय जवाहीर सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
बाराकै महागढीमाई नगरपालिका–२ पत्रहटी चोकमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ईनर्वाबाट कलैयातर्फ जाँदै गरेको प्र.३–०२–०११ प ८३७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा धोबिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय बिन्देश्वर सहनीको मृत्यु भएको प्रहरीले बताएको छ । उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता हुम्लामा जिप दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ का २८ वर्षीय कुङगा तेन्जिन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले बताएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनस्थित सडकमा हेटौंडाबाट हातिसुडेतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा बागमती गाउँपालिका–५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्य भएको प्रहरीले बताएको छ ।
दैलेख, भैरवी गाउँपालिका–५ गिताचौरस्थित सडकमा ट्याक्टरको ठक्करबाट पैदलयात्री ५३ वर्षीय लालबहादुर शाहीको बुधबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।
बाँके कोहलपुर नगरपालिका–१३ स्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा गएराति बैजनाथ गाउँपालिका–५ जि गाउँ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...