२२ असार २०८३, सोमबार

डेंगुका बिरामी बढे

कात्तिक २४, २०७९
डेंगुका बिरामी बढे

देशभर डेंगुबाट संक्रमितको संख्या ५१ हजार १७७ पुगेको छ ।

३ दिनमा ९१४ नयाँ डेंगु संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ हजार १७७ पुगेको हो ।

३ दिनमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै डेंगुबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ पुगेको हो । 

सबैभन्दा धेरै बागमती प्रदेशमा ३९ हजार ६२४ जना डेंगुका संक्रमित छन् । लुम्बिनी प्रदेशमा ४ हजार ९१८, १ नम्बर प्रदेशमा २० हजार ८५, गण्डकी प्रदेशमा १ हजार ७२१, सुदूरपश्चिम प्रदेशमा ८९६ र कर्णाली प्रदेशमा ६७६ जना संक्रमित भइसकेका छन् ।  

डेंगुबाट धेरै संक्रमित भएका १० जिल्लामा काठमाडौंमा १३ हजार ७८७, ललितपुरमा ९ हजार ५२२, भक्तपुरमा ५ हजार ४८९, मकवानपुरमा ५ हजार ३४७, चितवनमा २ हजार ६२७, दाङमा २ हजार ३८८, धादिङमा १ हजार ४११ र रुपन्देहीमा १ हजार १९५ संक्रमित छन् । 

salt training

कमेन्ट गर्नुहोस्