×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

महोत्तरी–१ : गिरिराजमणिको किल्लामा प्रतिपक्षी गठबन्धन र स्वतन्त्र उम्मेदवारको धावा

स्वतन्त्रको माहोल बन्दा त्रिकोणात्मक प्रतिस्पर्धा

कात्तिक २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विगत डेढ दशकदेखि माओवादीले बनाएको महोत्तरी–१ को किल्लामा यसपटक धक्का लाग्न सक्ने अवस्था देखिएको छ । २०६४ सालदेखि हालसम्म निरन्तर चुनाव जित्दै आएका गिरिराजमणि पोखरेलको पकड यस पटक कमजोर बनेको देखिन्छ ।

Muktinath Bank

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव पोखरेललाई यसपटक प्रतिपक्षी गठबन्धनका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्तरी–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि पोखरेल उम्मेदवार छन् । प्रदेश सभातर्फ– १ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट पिताम्बर महतो उम्मेदवार छन् भने २ मा नेकपा माओवादी केन्द्रबाट भरत साह उम्मेदवार छन् । नेकपा एकीकृत समाजवादीबाट सुरेश बहादुर राउत पनि प्रदेश सभामा उम्मेदवार छन् ।


Advertisment
Nabil box
Kumari

प्रतिपक्षी गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका लक्ष्मी महतो उम्मेदवार छन् । प्रदेश सभा– १ मा नेकपा एमालेकी शारदा थापा र २ मा जसपाबाट रामश्रेष्ठ महतो उम्मेदवार छन् ।

Vianet communication
Laxmi Bank

त्यसैगरी, प्रतिनिधिसभामा पोषण थापा स्वतन्त्र उम्मेदवार छन् भने उनले प्रदेश सभामा पनि स्वतन्त्रको प्यानल नै बनाएका छन् । प्रदेश सभा–१ मा युवराज पोखरेल र २ मा विनोद महतोलाई उनले आफ्नो प्यानलमा राखेका छन् ।

यसरी हेर्दा, उक्त क्षेत्रमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । तर वास्तवमा स्वतन्त्र उम्मेदवारको पक्षमा नै माहौल बनिरहेको स्थानीयहरू बताउँछन् । 

उक्त क्षेत्रमा बर्दिवास नगरपालिका, गौशाला नगरपालिका र भंगहा नगरपालिकाको चारवटा वडा पर्छन् ।

स्थानीय तहको चुनावमा बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीलाई मेयरमा चुनाव जिताएर जनताले आफ्नो अभिमत प्रकट गरिसकेका छन् ।

बर्दिवास नगरपालिका वडा नम्बर–१ का दत्तप्रसाद पोखरेल जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको विकासको काम नगरेकाले माओवादी उम्मेदवार पोखरेललाई यसपालि कठिन हुने बताउँछन् ।

‘उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरेको भएपनि आम सर्वसाधारणका लागि उल्लेख्य कुनै पनि काम गर्नसक्नुभएन,’ पोखरेलले थपे, ‘पटकपटक जितेर जानुभयो तर आम जनताका लागि केही पनि काम गर्न नसकेकाले यसपटक नेतृत्व फेर्ने लहर चलेको छ ।’

बर्दिवास नगरपालिका वडा नम्बर–४ का दामोदर अर्याल भने अहिले पोखरेल हराउने अभियान चलेको भए पनि अन्तिममा निर्णायक मत पोखरेलकै पक्षमा जाने दाबी गर्छन् । 

‘उहाँले कम काम गर्नुभएको छैन । बर्दिवासमा मेडिकल कलेज स्थापना गर्नेदेखि स्कूल, कलेज, अस्पताल आदि निर्माण गर्नुभएको छ,’ उनले थपे, ‘सीटीईभीटीको एक से एक प्राविधिक कलेजहरू निर्माण गरेर बर्दिवासलाई शिक्षाको केन्द्र नै बनाउनुभएको हुनाले पनि अन्तिममा बौद्धिक समाज पोखरेलको पक्षमा खुल्नेछन् ।’

बर्दिवास नगरपालिका वडा नम्बर १ का अर्जुन भण्डारी चाहिँ जनता एउटै अनुहार हेरेर वाक्कदिक्क भइसकेकाले पनि नयाँ अनुहारको खोजीमा रहेको बताउँछन् । बर्दिवासमा स्वतन्त्र उमेदवार पोषण थापाको पक्षमा अहिले माहौल बनेको उनले दाबी गरे । 

‘पोखरेल जितेर गएपछि कहिल्यै क्षेत्रमा फर्किनुहुन्न । उहाँ केही सीमित मानिसहरूको घेराबन्दीमा हुनुहुन्छ,’ उनले थपे, ‘उहाँसम्म सर्वासाधारणको पहुँच नै छैन । अनि उहाँ ओखलढुंगाको मान्छे हो । अब स्थानीयलाई नै जिताउनुपर्छ भन्ने माहोल बनेको छ ।’ 

अन्तिममा भोट हाल्ने दिनसम्म यही अवस्था रहने हो भने पोखरेललाई कठिन नै हुने उनले बताए ।

गौशाला नगरपालिका–१ का सन्तोष महतो यस पटक एमाले उम्मेदवार लक्ष्मी महतो नै विजयी हुने बताउँछन् । ‘यो क्षेत्र मधेशी मतदाता बढी भएको क्षेत्र हो । तर विगत १५ वर्षदेखि मधेशी नेतृत्व नहुँदा यसपटक मधेशी उम्मेदवार महतोलाई नै मधेशीको मत जाने सम्भावना छ,’ उनले थपे, ‘त्यसपछि एमालेको संगठनको पनि मत जाने हुनाले महतोको पनि राम्रो अवस्था छ ।’

महोत्तरी च्याम्बर अफ कमर्सका अध्यक्ष सुधीर अग्रवाल चुनावमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताउँछन् ।

‘यहाँ गिरिराजजी, लक्ष्मीजी र पोषणजीबीच कडा प्रतिस्पर्धा देखिएको छ,’ बर्दिवासमा आफ्नै अटो शोरूममा भेटिएका उनले लोकान्तरसँग भने, ‘जसले जिते पनि जीतको मतान्तर १ हजार देखि १२ सय सम्म मात्र हुन्छ होला ।’ 

जसले जिते पनि यहाँका युवाहरूलाई वैदेशिक रोजगारीमा जान नपरोस, स्वदेशमै आफ्नै गाउँठाउँमा लघुउद्यम वा व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्ने गरी नीति बनाइदिन आफूले तीनैजना उम्मेदवारलाई भेटेर आग्रह गरिसकेको उनले बताए । 

यसकारण पोखरेललाई चुनौती 

सत्ता गठबन्धनका उम्मेदवार पोखरेल २०६४ सालको पहिलो संविधानसभा चुनावमा, २०७० सालको दोस्रो संविधानसभा चुनावमा र २०७४ सालको प्रतिनिधिसभा चुनावमा गरी लगातार तीनपटक चुनाव जित्न सफल भएका थिए । उनी पटकपटक शिक्षा र स्वास्थ्य मन्त्री बनिसकेका छन् ।

दीर्घकालीन विकासमा पोखरेलले जोड दिए पनि यसपटक उनको पक्षमा माहोल नदेखिनुमा उनको आफ्नै संगठन माओवादीभित्रको अन्तरकलह पनि प्रमुख कारण देखिएको छ । २०७९ सालको स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रबाट बर्दिवास नगरपालिकामा मेयर पदमा उठेका राजु खड्का पराजित हुनुमा गिरिराजमणि पोखरेलले अन्तर्घात गराएको उनीनिकट कार्यकर्ताहरूको बुझाइ छ । त्यतिखेर खड्काले ८ हजार ३२३ मत ल्याएका थिए भने मेयरमा जितेका स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीले १४ हजार २१० मत ल्याएका थिए ।

स्वतन्त्रबाट जितेका क्षेत्री खासमा नेपाली कांग्रेसका बागी उम्मेदवार थिए । उता, कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालले १ हजार २६३ मत मत मात्र ल्याएका थिए । 

‘पोखरेलको लागि सबैभन्दा ठूलो चुनौती भनेको माओवादी केन्द्रका जिल्ला अध्यक्षसमेत रहेका मेयरका प्रत्याशी राजु खड्काको देखिने गरी सहयोग नहुनु हो,’ बर्दिवासमा भेटिएका एक माओवादी नेताले लोकान्तरसँग भने, ‘उहाँ अहिले पोखरेलको प्रचारप्रसारमा पनि देखिनुभएको छैन । डेंगु लागेर घरमै आराम गरिरहनुभएको छ ।’ 

स्थानीय निर्वाचनमा खड्कालाई सघाउनुपर्ने बेलामा जसरी गिरिराजलाई भाइरल ज्वरोको बिरामीले सताएको थियो त्यसैगरी अहिले खड्कालाई पनि डेंगु एउटा बहाना बनेको उनले खुलाए ।

माओवादीभित्र अर्को मुख्य समस्या माओवादी र जनमोर्चाबीचको अन्तरकलह पनि हो । पोखरेल जनमोर्चा पृष्ठभूमिका नेता भएर पनि माओवादी जनयुद्ध लडेकाहरूको समेत भाग खाएर १५ वर्षदेखि लाभ लिँदै आएको स्थानीय माओवादीहरू आरोप लगाउँछन् । उनले यस क्षेत्रका अन्य नेतालाई ठूलो पदमा जानबाट वञ्चित गराएको समेत आरोप लाग्ने गरेको छ । 

‘माओवादी केन्द्रबाट अब प्रतिनिधिसभामा स्थानीय नेता नै उम्मेदवार हुनुपर्छ भन्दै जोडतोडले माग उठेको थियो,’ नाम खुलाउन नचाहेका माओवादी नेताले थपे, ‘संविधानसभा सदस्य समेत भइसकेका तथा हाल मधेश प्रदेश सरकारमा गृहमन्त्री समेत रहेका भरत साहलाई प्रतिनिधिसभामा त्यसैका लागि सिफारिश पनि गरिएको थियो । तर, अन्तिममा पार्टीले पोखरेलजीलाई नै प्रतिनिधिसभामा टिकट दिएर भरत साहलाई प्रदेश सभामै चित्त बुझाउन लगायो ।’ 

त्यसैले बर्दिवासबाट राजु खड्का र गौशाला नगरपालिकाबाट भरत साहले पनि पोखरेललाई असहयोग गर्ने आशंका रहेको उनले खुलाए ।

अर्कातर्फ, पोखरेलको आधार इलाका नै बर्दिवास नगरपालिका हो । त्यस नगरपालिकामा स्वतन्त्रबाट मेयर जितेका प्रह्लाद क्षेत्रीको समर्थन स्वतन्त्र उम्मेदवार पोषण थापालाई छ । ‘पोषण थापा नै गत स्थानीय चुनावमा मेयरमा उठ्न खोजेका थिए तर अन्तिममा उनी आफैं नउठेर क्षेत्रीलाई जिताउन सहयोग गरेका थिए,’ बर्दिवास नगरपालिकाका एक स्वतन्त्र जितेका वडाध्यक्षले लोकान्तरसँग भने, ‘अहिले उहाँसहित स्वतन्त्रबाट वडाध्यक्षमा जितेकाहरूको पनि समर्थन पोषण थापालाई जाँदा पोखरेललाई समस्या थपिएको छ ।’

नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफ्नो उम्मेदवार नै नउठाएकाले कांग्रेसको मत तीनवटै उम्मेदवारमा बाँडिने अवस्था देखिएको छ । 

पोखरेललाई थप अप्ठ्यारो पार्ने किसिमको सेन्टीमेन्ट पनि स्थानीयहरूमा रहेको पाइएको छ । बर्दिवासका स्थानीय नेता नभएपनि पोखरेलले लामो समयदेखि जित्दै आएकाले अब खाँटी स्थानीयलाई नै जिताएर पठाउनुपर्छ भन्ने चेत स्थानीयमा जागेकाले पनि पोखरेललाई समस्या हुन सक्ने देखिएको छ । 

पोखरेल ओखलढुंगाका स्थायी बासिन्दा हुन् । तर अहिले उनी बर्दिवासको ऐलानी जग्गामा बनेको एकीकृत आधारशिलामा (कम्युन) अस्थायी रूपमा बस्दै आएका छन् । 

उता माओवादी उम्मेदवार पोखरेल भने यी सबै बाहिर चलेका हल्ला मात्र भएको बताउँछन् । ‘विगतमा एक्लै चुनावमा लड्दा पनि तीनपटक चुनाव जितेको थिएँ । अहिले त पाँचदलीय गठबन्धनको मत पाउँदा झन् सहजै चुनाव जित्छु,’ उनले लोकान्तरसँग भने ।

त्यसैपनि माओवादी विगतदेखि नै यस क्षेत्रमा बलियो संगठन भएको पार्टी भएकाले पनि चुनाव जित्ने उनको दाबी छ ।

‘म संविधानको हस्ताक्षरकर्ता मात्र हैन, मस्यौदा कमिटीमा बसेर २०७२ सालको संविधान बनाउने भूमिका खेलेको छु । मैले यसबीचमा महोत्तरीलाई शिक्षाको केन्द्र बनाउने काम गरेको छु,’ उनले थपे, ‘यहाँ शिक्षाको केन्द्र बनाउनका लागि कार्यक्रमहरू विस्तार गरिएका छन् ।’ 

जिल्लाका अन्य ठाउँमा पनि, आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर पनि प्राविधिक शिक्षाका कार्यक्रमहरू विस्तार गरेको उनले खुलाए । आफू मन्त्री हुँदा होस् वा सांसद हुँदा होस्, जनतासँग गाँसिएर बसेको उनको भनाइ छ । 

अर्कातर्फ प्रतिपक्षी गठबन्धनबाट नेकपा एमालेका लक्ष्मी महतो उम्मेदवार छन् । महतो साबिकमा जनता समाजवादी पार्टीका नेता थिए । तर उक्त क्षेत्र नेकपा एमालेको भागमा परेपछि उनले उम्मेदवारी मनोनयन हुने दिन एमालेमा प्रवेश गरेर टिकट पाएका थिए । 

उनी त्यस क्षेत्रमा बाहुबली र दबंग नेताका रूपमा चिनिन्छन् ।

लक्ष्मी महताे

मधेश आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या मुद्दामा उनी पनि प्रतिवादी छन् । उनका विरुद्ध प्रहरीले पक्राउपुर्जी जारी गरेको भएपनि हालसम्म पक्राउ परेका छैनन् । उनले आफ्नो वारेसमार्फत मनोनयन दर्ता गराएका थिए ।

२०५४ सालमा महतो आफ्नो गाउँ निगौलको गाविस अध्यक्षमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । २०७० सालको निर्वाचनमा उनले आफ्नी श्रीमती रामकुमारी महतोलाई सद्भावना पार्टीबाट संविधानसभाको चुनावमा उठाएका थिए । उक्त चुनावमा पराजित भएपछि २०७४ सालको स्थानीय तहको चुनावमा उनी गौशाला नगरपालिकामा मेयरमा उठेकी थिइन् । साबिकको संघीय समाजवादी फोरम नेपालबाट लडेकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन् । 

त्यसपछि २०७४ सालमा लक्ष्मी महतो आफैं प्रतिनिधिसभामा महोत्तरी–१ बाट लडेका थिए । संघीय समाजवादी पार्टीबाट लड्दा उनले १९ हजार ४९२ मत ल्याएर उनी माओवादीका गिरिराजमणि पोखरेलसँग पराजित भएका थिए । 

२०७९ सालको स्थानीय तहको चुनावमा उनका छोरा डा. दीपेन्द्र महतो गौशाला नगरपालिकामा मेयर पदमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीबाट दीपेन्द्रले जितेका हुन् । 

सामुदायिक दलान, मठमन्दिर, धर्मशाला आदि बनाएर समाजसेवा गर्दै आएको हुनाले पनि आफू जित्ने लक्ष्मी महतोको दाबी छ । आफ्नै पेट्रोल पम्प, दुईवटा इँटाभट्टा सञ्चालन गरेर आउने आम्दानीबाट ती सामाजिक काम गर्दै आएको उनले बताए । 

‘त्यो जमाना गयो, यो गाउँ मेरै हो, गाऊँको जिम्दारी मेरै हो भन्ने जमाना गइसक्यो,’ महतोले लोकान्तरसँग भने, ‘जनतासँग प्रत्यक्ष सम्पर्क गर्नु नै ठूलो कुरा हो । जनताको जो नेता हो त्यसले नै चुनाव जित्छ ।’

उसो त महोत्तरी–१ मा नेकपा एमालेको संगठन बलियो छैन । तर पनि महतो जित्ने दाबी गरिरहेका छन् । ‘म आफैं एमालेमा आइसकें । म आइसकेपछि एमाले स्वतः बलियो भइसक्यो,’ उनले थपे, ‘त्यसपछि जसपामा मेरी श्रीमती र छोरा आफैं नेता छन् । छोराले भारी मत ल्याएर मेयरमा चुनाव जितेका छन् । एमाले–जसपा गठबन्धनको मतले नै पनि म चुनाव जित्छु ।’ 

अर्कातर्फ स्वतन्त्रबाट उम्मेदवार बनेका पोषण थापा पूर्व निजामती कर्मचारी हुन् । शाखा अधिकृतको जागिर छोडेर उनले उम्मेदवारी दिएका छन् । महोत्तरीको जलेश्वरबाट सेवाकेन्द्रहरूलाई बर्दिवासमा विस्तार गराउनमा कर्मचारी हुँदादेखि नै उनले भूमिका निर्वाह गरेका थिए ।

पाेषण थापा

जनता दलीय गठबन्धनविरुद्ध नयाँ अनुहारको खोजीमा रहेको भन्दै आफूले जित्ने उनी दाबी गर्छन् । ‘राजनीतिक दलहरूप्रति जनताको वितृष्णा छ । तीनपटक लगातार चुनाव जितेर जाने नेतालाई घरदैलो गर्न समेत मुश्किल भइरहेको छ,’ थापाले लोकान्तरसँग भने, ‘म आफैं घरदैलोमा जाँदा पहिलेदेखि जित्दै आएका नेता किन घरदैलोमा आउन सकिरहनुभएको छैन भनेर मलाई जनताले प्रश्न गरिरहनुभएको छ ।’ 

बदलिँदो परिस्थितिमा जनता सचेत भइसकेको उनले बताए । ‘सत्ता गठबन्धन वा प्रतिपक्षी गठबन्धन भएपनि सबै दलका नेताहरूको मलाई समर्थन छ,’ उनले थपे, ‘केही त खुल्नु पनि भएको छ भने केहीले दलमै रहेर पनि मलाई नै भोट दिने भन्नुभएको छ ।’

गत स्थानीय तहको चुनावमा नै पनि बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीलाई मेयरमा चुनाव जिताएर जनताले आफ्नो अभिमत प्रकट गरिसकेको उनले बताए ।

‘म पनि त्यसैगरी स्वतन्त्र उठेको छु । प्रदेश सभामा पनि दुवैतर्फ हाम्रो छुट्टै स्वतन्त्र उम्मेदवार हुनुहुन्छ,’ उनले थपे, ‘माथि प्रतिनिधिसभादेखि प्रदेश सभासम्म पनि हाम्रो स्वतन्त्र प्यानलको नै जीत हुन्छ ।’

सत्ता गठबन्धनका उम्मेदवार पोखरेलसँग नै आफ्नो मुख्य प्रतिस्पर्धा हुने उनले बताए । ‘एमाले उम्मेदवार महतो दाइलाई मधेशीले मत दिएर जिताउलान् भन्ने भ्रम छ,’ उनले थपे, ‘उहाँको यता माथि (बर्दिवास)मा मत नै छैन । गौशालामा भएको मत सबै उम्मेदवारमा विभाजन हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x