×

NMB BANK
NIC ASIA

प्रदेशसभा निर्वाचन

गुरूराज घिमिरेलाई पछ्याउँदा जे देखियो [फाेटाे/भिडियाे]

कात्तिक २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङ क्षेत्र नम्बर–४ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार गुरूराज घिमिरेलाई कार्तिक २३ विहान ७ बजे फोन गर्दा उनी बैठकमा जुटिसकेका रहेछन् । उनले म्यासेजमार्फत आफू मिटिङमा रहेको र पछि फोन गर्ने जानकारी गराए । 

Muktinath Bank

नभन्दै एक घण्टापछि घिमिरेको फोन आयो । छोटो संवादपछि उनको चुनावी कार्यक्रम पछ्याउने  निधो भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्रामथान गाउँपालिका–६ तेतरिया चोकमा कार्यक्रम राखिएको रहेछ । हामी त्यतै गयौं । एउटा निमार्णाधिन घरको माथिल्लो तलामा गठबन्धनको कार्यक्रम तय भएको रहेछ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

कार्यक्रम शुरू हुनुअघि घिमिरे अगुवा कार्यकर्तासँग छलफलमा थिए । उनीहरूले सुनाएको गुनासो दत्तचित्त भएर सुनिरहेका थिए  घिमिरे । कांग्रेसका कार्यकर्ताभन्दा पनि माओवादीका कार्यकर्ताहरूको गुनासो चर्को थियो ।

करिब १ सयको हाराहारीमा रहेका कार्यकर्तालाई घिमिरेले एक जना युवा प्रदेशमा उम्मेदवार भएर आउन गरेको संघर्ष सुनाए र आफूले त्यस क्षेत्रमा ध्यान दिनुपर्ने विषयमा राय मागे । उनले शहरका नेताले गाउँका समस्या नदेखेको र त्यो समस्या समाधान गर्नका लागि आफैंले जित्न जरूरी भएको तर्क  पेश गरिरहेका थिए । 

‘शहरले जहिले पनि गाउँका नागरिकलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरेको छ । यहाँको विकासमा कहिल्यै जोड दिएको छैन । यहाँका समस्याहरूको बारेमा बोलेको देखिँदैन । त्यसलाई चिर्न पनि तपाईहरूको साथ मलाई चाहिएको छ’ घिमिरले भने, ‘शहरले जहिल्यै गाउँलाई उपनिवेश जस्तो बनाउने प्रयास गर्छ त्यसलाई चिर्न जरुरी छ ।’ 

यति भनेपछि उनले गठबन्धनले जित्नुपर्ने र जित्ने दावी गरे । ‘हामीले गठबन्धन बनाएपछि जसरी पनि जित्न पर्छ । माओवादीले ४०, कांग्रेसले ९० सिट जित्छौं,’ घिमिरेले भने ।

जित सुनिश्चितताका लागि अगुवा कार्यकर्ताको मुख्य भूमिका हुने भएकाले सोहीअनुसार लाग्न निर्देशन दिएर घिमिरे अर्को कार्यक्रममा पुग्ने तरखरमा लागे । त्यसपछिको उनको कार्यक्रम थियो घरदैलो । तेतरिया, कखरमारी, तेता चोक, खद्रा, सिसरिया हुँदै सिघनियासम्म पुग्ने कार्यक्रम थियो ।

उनी भर्‍याङ ओर्लदै गर्दा मोरङ क्षेत्र–३ (१) का उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको खबर लिएर फोन आयो । त्यही फोनले उनको घरदैलो कार्यक्रम स्थगित हुने भयो । घिमिरे अस्पताल जाने तयारीमा लागे । 

घरदैलो कार्यक्रमका लागि माइक, झन्डावाला गाडी, कार्यकर्ता र केही मोटरसाइकल तयारी हुँदै थिए ।

उनी त्यहाँबाट छुट्नुअघि हामीलो सोध्यौं, ‘संसदीय चुनावमा पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तपाईंको चुनावी माहौल कस्तो बन्दै छ ?’

उनले पहिलो पटक संसदीय चुनावको प्रतिस्पर्धामा आए पनि गठबन्धनका कारण आफूलाई चुनाव जित्न सहज रहेको बताए । माओवादी र कांग्रेसलगायका मतदातालाई मिलाएर लैजानुपर्ने अवस्था भएकाले त्यसको व्यवस्थापनमा अलि बढी नै ध्यान  दिनुपर्ने अवस्था रहेको घिमिरेले बताए ।

‘अहिले म मतदाताको घरदैलोमै छु । पहिलो चरणमा सबै मतदाताको घरमा पुगेँ । अब दोस्रो चरणको घरदैलोमा लाग्ने तयारीमा छु’ घिमिरेले लोकान्तरसँगको कुराकानीमा भने, ‘अरु ५ दिन हामीले सभाहरू गरेर चुनावको गतिविधि गर्नेछौं ।’

राजनीतिक दलहरूले जनतामा नकारात्मक धारणा बन्ने गरी काम गरेकाले मतदाता असन्तुष्ट रहेको बताए । आफ्नो क्षेत्रका सिञ्चाई, तटबन्धन, सडक लगायतका समस्या उनलाई मतदाताले सुनाएका छन् । घिमिरेले पनि ती समस्या समाधान गनै आफ्नो सबै प्रयास लगाउने वचन दिएका छन् ।  

‘यहाँको अवस्था हेर्दा मध्यकालिन अवस्थाजस्तो लाग्यो । यहाँ यति धेरै समस्याहरू रहेछन् । त्यसलाई समाधान गर्ने आश्वासन दिएको छु ।’ उनले थपे ‘बाढी आउँदा बगाउने, हुरी आउँदा उडाउने खालका घरहरू रहेछन्, जिते पनि वा नजिते पनि ती समस्या समाधानमा मेरो भूमिा रहिरन्छ । 

उनले मतदातासँग जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने वचतबद्धता गरेका छन् । मतदाताले पनि आफ्नो उम्मेदवारीलाई सकरात्मकरूपमा लिएकाले उत्साह निरन्तर बढिरहेको उनी बताउँछन् ।  

तेतरियाकी स्थानीय मतदाता अलिसा सरदारले मल र बाढी त्यस क्षेत्रको मुख्य समस्या रहेको बताइन् । उनले घिमिरेसँग ती समस्या समाधानमा लाग्न आग्रह गरेकी छिन ।   

‘नागरिकता, बाढी, सडक हाम्रा मुख्य समस्या हुन् । त्यसलाई समाधान गर्ने भए मात्र भोट दिन्छौं भनेका छौं’, सरदारले भनिन्, ‘उहाँले वचन दिनुभएको छ, जितेपछि काम गर्नुहुन्छ भन्ने आशा पनि छ ।’

सोही क्षेत्रकी अर्की मतदाता सुशीला चौधरीले आफ्नो गाउँमा विद्यालयको समस्या रहेको बताइन् । उनका अनुसार हुने खानेले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर गुणस्तरीय शिक्षा दिएका छन् । तर, गरिबका छोराछोरी सरकारी विद्यालयको अवस्थामै रूमल्लिएका छन् ।

नजिकको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउने वातावरण बनाइदिन पनि चौधरीले उम्मेदवार घिमिरेसँग आग्रह गरेकी छन् । घिमिरेले पनि चुनाव चुनाव जितेको र नजितेको दुवै अवस्थामा त्यहाँको विद्यालयको स्तरोन्नतीमा सघाउने बताएका छन् ।  

अर्की मतादाता सोम्निमा माझीले भने खोलामा पुल हालिदिन उम्मेदवारहरुलाई आग्रह गरेकी छिन् । 

‘हाम्रो गाउँमा पुलको समस्या छ । बर्षामा याममा खेतीपाती गर्न जान पाइँदैन, त्यो बनाइदिन भनेकी छु,’ माझीले भनिन्, ‘नेताले त बनाइदिन्छौं भन्नुभएको छ तर जितेर गएपछि के गर्नुहुन्छ, हेर्न बाँकी छ ।’ 

भिडियाेमा हेर्नुहाेस् गुरूराज घिमिरेसँगकाे कुराकानी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x