२९ असार २०८३, सोमबार

स्वरुपराजले फेरि गाए लोकदोहोरी गीत, ‘डाँडाँघरे साइली’ टिमले ल्यायो ‘निरमाया ठूली’

कात्तिक २७, २०७९
स्वरुपराजले फेरि गाए लोकदोहोरी गीत, ‘डाँडाँघरे साइली’ टिमले ल्यायो ‘निरमाया ठूली’

आधुनिक गीतका सु–प्रसिद्ध गायक स्वरुपराज आचार्यले फेरि पनि लोकदोहोरी गीतमा स्वर दिएका छन् । 

उनले यसअघि स्वर दिएको लोकदोहोरी गीत ‘डाँडाँघरे साइली’ निकै चर्चित भएको थियो । 

उक्त गीतले समाचार तयार पार्दासम्म युट्युबमा ४ करोड ६७ लाख बढी भ्युज पाइसकेको छ ।

‘डाँडाँघरे साइली’ गीतकै टिमले ल्याएको नयाँ गीत ‘निरमाया ठूली’मा स्वरुपराजले स्वर दिएका हुन् ।

‘डाँडाँघरे साइली’ बोलको गीत ब्लकबस्टर भएपछि सोही टिमले आचार्य र लक्ष्मी मल्लको स्वरमा गत शुक्रबार ‘निरमाया ठूली’ सार्वजनिक गरेको हो । 

कृष्ण केसीको शब्द तथा श्रीकृष्णबम मल्लको संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् । 

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको यो गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ । 

‘डाँडाघरे साइली’ गीतको भिडियोमा पनि प्रकाश, शिल्पा र करिश्माले अभिनय गरेका थिए ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ । 

आफ्नो मन युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो । मौलिकता बोकेको यस गीतले ‘डाँडाघरे साइली’ गीतले जस्तै माया पाउने विश्वास निर्माण टिमको छ ।


कमेन्ट गर्नुहोस्