२८ जेठ २०८३, बिहीबार

चुनावका दिन कसले पाउँछन् सवारी चलाउन ?

कात्तिक २८, २०७९
चुनावका दिन कसले पाउँछन् सवारी चलाउन ?

निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यक्ता नपर्ने बताएको छ । 

बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचय पत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने आयोगले बताएको हो । 

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पास लिनु नपर्ने बताए ।

‘कतिपय अत्यावश्यकीय सेवा प्रवाहका सन्दर्भमा सञ्चालित हुने सवारीका लागि अनुमति आवश्यक नपर्ने व्यवस्था गरिएको छ’, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले भने ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अवलोकन कर्ता, अनुगमन कर्ताको सवारी साधनले पनि अनुमति आवश्यक नपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्