
चितवन जिल्लामा साउनयता उपचारका लागि आएका ६ जनाको डेंगु रोगको संक्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९७४ जनाको परीक्षण गरिएकामा २ हजार ९४९ जनामा डेंगुको संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका २९१ र ठेगाना खुलेका ६०८ जना रहेका कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी डेंगु रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ १ हजार ४५० जनामा डेंगु रोग देखिएको केसीले बताए । उनका अनुसार खैरहनी नगरपालिकामा १६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा २४३ जनामा डेंगु रोग देखिएको थियो ।
राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये १ हजार १३६ पुरुष र ९१४ जना महिलामा डेंगु रोगको संक्रमण देखिएको उनले बताए ।