×

NMB BANK
NIC ASIA

अहिले चुनाव जित्ने बेला हो, मुख्यमन्त्रीको दावी गर्ने समय होइन– जीवन घिमिरे [अन्तर्वार्ता]

कात्तिक २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङ क्षेत्र नम्बर–४ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका नेता जीवन घिमिरेको यस पटक दोस्रो चुनावी प्रतिस्पर्धा हो । २०७४ मा चुनाव जितेर मन्त्रीसमेत भइसकेका घिमिरेलाई एमालेले संम्भावित मुख्यमन्त्रीका उम्मेदवारकोरूपमा अगाडि सारेको चर्चा उनको निर्वाचन क्षेत्रमा छ । उनै घिमिरको चुनावी तयारी र एजेण्डाका विषयमा गरिएकोे कुराकानीको सम्पादित अंशः 
 

Sagarmatha Cement
Muktinath Bank

सत्तारू गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, माहोल कस्तो बनिरहेको छ ?
गठबन्धन हुनु र नहुनुमा तात्त्विक अन्तर छैन । त्यसको पुष्टि भर्खरै वैशाखामा सकिएको स्थानीय तहको निर्वाचनमा भएको छ । अघिल्लो पटक म उठेको समयको स्थानीय तहमा सिङ्गो एक क्षेत्रमा एमालले एक क्षेत्र मात्रै जितेको थियो । अहिले एउटा वडाका ५ जना सदस्य बाहेक सबै एमालेले जितेको छ । यसले पनि के देखाउँछ भने गठबन्धनका बाबजुद पनि हामी बलियो छौं । अघिल्लो त्यो अवस्थामा पनि मैले भारी मतान्तरले जितेको थिएँ । अहिले स्थानीय तहको मतपरिणाम अनुसार मेरो जित सुनिश्चित छ । एमालेको जस्तो संगठनात्मक सञ्जाल अरु कुनै पार्टीको छैन । तल्लो तहसम्म एमालेको नेटवर्क छ । पार्टी भित्र एकता छ । पार्टी गतिशील छ । स्थानीय तहमा धेरै जनप्रतिनिधि एमालेकै छन् । प्रदेश–१ मा म सरकारमा छँदा धेरै उल्लेखनीय काम गरेको छु । यो निर्वाचन क्षेत्रमा पनि दर्जनौ काम गरेको छु ।  यो–यो काम गरे भनेर छाती पिटेर भन्न सक्छु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको चुनावमा तपाईंको क्षेत्रमा एक्ला–एक्लै प्रतिस्पर्धा भएको थियो । अहिले सत्तारूढ दलहरु गठबन्धन नै बनाएर प्रतिस्पर्धामा आएका छन् नि ?
अहिलेकै टिमसँग नभए पनि अर्को टिमसँग गठबन्धन थियो । उपेन्द्र यादव मात्रै आउट हुनुभएको थियो तर अरू थिए । सबै ठाउँमा आ–आफै थिएनन् । त्यो बेला माओवादी र समाजवादीको समर्थन त थियो । हामी चाहिँ एक्लै भिडेर पनि परिणाम निकाल्न सकेका हौं । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

तपाईको प्रतिस्पर्धी विराटनगरको पूर्वमेयर हुनुहुन्छ । उहाँले पनि त्यो समयमा काम गर्नुभएको होला त्यसले तपाईलाई असर गर्दैन ?
नगर्ला । उहाँले मेयर भएर गरेको कामभन्दा मैले प्रदेशमा मन्त्री भएर गरेको काम बढी ओझिलो छ ।  दुई वटा उम्मेदवारको राजनीतिक जीवन र सामाजिक जीवनको पनि  जनताले मूल्याङ्कन गर्लान । दुईवटै उम्मेदवार नयाँ होइन् । दुवै जनप्रतिनिधि भएर काम गरेकाले पहिचानको पनि अभाव छैन् । उम्मेदवारहरू को कस्तो क्षमताका हुन भन्ने कुरा जनताले थाहा पाइसकेका छन् । उहाँले काम गर्नुभयो वा भएन मेरो मुखले भन्न त मिलेन जनताले हेर्ने कुरा हो । यहाँ कसले काम गर्यो र गरेन भन्ने निर्णय जनताले आगामी निर्वाचनमा दिने मतले नै देखाउँछ ।

मतदाताले तपाईंलाई नै मत हाल्नुपर्ने गरी कस्ता चुनावी एजेण्डा ल्याउनुभएको छ ?
हामी सरकारमा हुँदा विराटनगर एयरर्पोटलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनामा जग्गा अधिग्रहण गर्ने भनेर बजेट छुट्टिसकेको अवस्थामा धोका भएको छ । यो विराटनगरबासीका लागि पीडादायी अवस्था हो । हामी सरकारमा गएपछि यो काम पूरा गर्छाैं । विराटनगरमा हरेक इन्डिकेरबाट हेर्दा छैटौं स्थानमा छ । यो काठमाडौं पछिको दोस्रो ठूलो शहर भनेर चिनिन्थ्यो । आज छैटौं स्थानमा आएको छ । यो कसले बनाएको हो, त्यसको खोजी गरेर फेरि पुरानै पहिचानमा फर्काउन आवश्यक छ । विराटनगरसँग जोडिएका २ वटा नदी फोहोर फाल्ने डम्पिङ साइड भएका छन् । त्यहाँ मेरो पहलमा फोहोर फाल्नु हुँदैन भनेर अभियान चलाएको थिएँ । त्यो सफा भएपछि जनतामा खोलामा फोहोर फाल्नु हुँदैन भन्ने जनचेतना अभिवृद्धि भएको छ । तर, ती खोलाहरूलाई सौन्दर्यकरण गर्ने सपना पूरा गर्नुछ । 

विराटनगरमा १४ वर्षदेखि बेवारिसे अवस्थामा रहेको रिङरोडलाई हामी पूरा गर्छौं । विराटनगर–कटहरी–भगनाह रेल्वे लामो समयदेखि बेवारिसे अवस्थामा थियो । हामीले नै भारत सरकार, नेपाल सरकार र सरोकारवाला पक्षलाई झकझक्याउँदै त्यो रेल्वे सेवा भगनाहबाट बडियारीसम्म सञ्चालन हुने अवस्था सिर्जना भएको छ । त्यो बाँकी कटहरी खण्ड पूरा गर्ने र रेल्वे सञ्चालन गर्ने काम गर्छौं । सम्वृद्धीका आधारहरू पहिचान गरेका छौं । त्यो विकास हाम्रो लक्ष्य हुनेछ । शिक्षा, स्वास्थ्य र रोजगारी हाम्रो प्राथामिकतामा छ ।

तपाईहरूकै सरकार थियो । लामो समयसम्म प्रदेशको नाम राख्नु सक्नुभएन त्यो विषयमा पनि त प्रश्न उठेको छ नि ?
नाम हिजै राख्नुपथ्र्यो राख्न सकिनएन त्यो गल्ती भयो । हामीले प्रदेशको राजधानी टुङ्ग्याउँदा नाम पनि टुङ्गाउन चाहेका थियौं । तर अन्य दलहरूले विभिन्न नामहरू ल्याएको र त्यसमा सहमति हुन नसकेकाले हामीसँग स्पष्ट दुइतिहाइ बहुमत हुँदाहुदै पनि सर्वसम्मत गरौं भन्ने कारणले रोकिएको थियो । पछि राजनीतिक समस्या आयो । त्यसकारणले नाम राख्न सकिएन । गठबन्धनको सरकार हुँदा पनि कोसिस गरेका हौं सकेनौं । 
यस पटकको चुनावमा हाम्रो बहुमत आउँछ । दुई तिहाई नआउन सक्छ तर दुई तिहाई पुर्‍याएरै हाम्रो सरकार बन्छ र प्रदेशको नाम पनि हाम्रौ अगुवाइको सरकारले राख्छौं । हामीले प्रदेश संरचनाको बेस निर्माण गरेका छौं । 

तपाई प्रदेश सरकारमा मन्त्री भइसक्नुभएको कारण अबको मुख्यमन्त्रीको दावेदार भन्ने पनि चर्चा रहेछ नि ?
यतिबेला मुख्यमन्त्री को बन्छ भन्ने बेला हैन । चुनावी अभियानमा छौं । जितेपछि मुख्यमन्त्री बन्न संख्या पुर्‍याउन लाग्नुपर्‍यो । म पर्टीमा सह–इन्चार्ज पनि भएकाले प्रदेश–१ का ५६ वटा निर्वाचन क्षेत्रमा मेरो ध्यान छ । बहुमत कसरी ल्याउनुपर्छ भन्ने विषयमा ध्यान छ । अहिले म मुख्यमन्त्री बन्नुपर्छ भन्ने मतदाता, अभियन्ता र राजनीतिक कार्यकर्ताबाट सुझाव आएको छ । पहिले चुनाव जित्नुपर्छ । त्यसपछि  पार्टी निर्णयमा भरपर्ने विषय पनि हो । 

टिकट लिन नै तपाईलाई ठूलो संर्घष गर्नुपर्‍यो । अन्तिममा आएर मात्रै पाउनुभयो यसले गर्दा तपाईलाई पार्टी भित्रबाट असहयोग भइरहेको भन्ने पनि छ नि ?
यो भ्रम मात्र हो । साँचो कुरा  म मोरङको क्षेत्र नम्बर–४ बाट संघीय सांसदको उम्मेदवार हुने निर्णय भएको थियो । म रिङ आउट भएको होइन् । मैले नै पछि नेतृत्वमा रहेर प्रदेशमा नै जाने हो भनेपछि प्रदेशमा टिकट पाएको हुँ । पार्टी भित्रको असन्तुष्टको कुरा समाप्त भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x