
भारतीय फिल्म ‘इंडिया लकडाउन’को दमदार ट्रेलर सार्वजनिक भएको छ ।
मधुर भण्डारकरको फिल्म यो फिल्म कोरोना भाइरसका कारण भारतमा भएको देशव्यापी बन्दाबन्दीमा आधारित रहेको बताइएको छ ।
‘भारत लकडाउन’ को ट्रेलरमा कोरोनाको समयमा जनताको जीवनमा कसरी ठूलो परिवर्तन आएको देखाइएको छ ।
यस फिल्ममा प्रतिक बब्बर, श्वेता बासु प्रसाद, साई ताम्हणकर, आहाना कुमार, प्रकाश बेलवेदी जस्ता कलाकारहरुको अभिनय रहनेछ ।
यो फिल्म २ डिसेम्बर २०२२ मा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ।