०९ असार २०८३, मंगलबार

मतदानस्थलमा पुग्न नागरिक एपले सहयोग गर्ने

मतदानस्थलमा पुग्न नागरिक एपले सहयोग गर्ने
नागरिक एपको ट्विटरबाट

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि कायम गरिएका मतदान केन्द्र पुग्न नागरिक एपले सहयोग गर्ने भएको छ । 

साथै, एपबाट मतदाता परिचय पत्र लिंक गरेर मतदाता क्रम संख्या, मतदान केन्द्र र मतदान स्थल सम्म पुग्ने 'गुगल म्याप' थाहा पाइने भएको हो । 

अधिकांश सरकारी सेवा तथा सुविधा एउटै एपबाट दिने उद्देश्यले सरकारले २०७८ वैशाखमा नागरिक एपको शुरूवात गरेको हो । एपमा नागरिकता, राहदानी र मतदाता परिचयपत्रको विवरण राखिएको छ ।

त्यस्तै, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषमा भएको आफ्नो विवरणलगायत हेर्न सकिने व्यवस्था छ । 

salt training

कमेन्ट गर्नुहोस्