×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

उद्यम

जहाँ चिया मात्र पिउने हैन, मन पनि फुकाइन्छ ...

काठमाडाैं | मंसिर ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

‘यहाँ चिया कपमा मात्र सर्भ गरिन्न, यहाँ चियाले सास फेरेको देख्न पाइयो,’ चिया पिएपछि ईलाका हुलाक कार्यालयका कार्यालय प्रमुख सागर भट्टराईले दिएको प्रतिक्रया हो यो ।
  
‘चियासँगै गफको कम्बिनेसन र यति राम्रो वातावरणमा बस्न पाउँदा रमाइलो लाग्यो,’ अर्का ग्राहकको प्रतिक्रिया छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

‘कान्छी चिया खाइयो, धेरै राम्रो उत्कृष्ट थियो । वातावरण पनि सौहार्दपूर्ण थियो,’ अर्का ग्राहकको प्रतिक्रिया हो यो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘दिनको पहिलो शुरूआत चिया नै हो, पुष्टि आज भयो । स्वादले हरेक घुटमा मज्जा ल्याएको फील भयो । पान घोत्ला चियाको पहिलो एक्सपेरियेन्स यादगार एक्स्पेरियेन्स हुनेछ,’ अर्का ग्राहकको प्रतिक्रिया छ ।
 
बर्दिवास बजारभन्दा दक्षिणतर्फ २०० मिटर शान्त वातावरणमा एउटा चियाघर छ । केतली चिया एण्ड ह्याण्डी क्राफ्ट नामले सञ्चालन भएको चिया पसलमा १२ किसिमका चिया पाइन्छन् ।

चियाघरमा पस्ने बित्तिकै फरक अनुभूति हुन्छ । बजारको भीडभाडभन्दा केही पर शान्त ठाउँमा चिया पसल हुनुका साथै त्यस पसलभित्रको ह्यान्डीक्राफ्टले पनि जोसुकैलाई केही समय व्यतित गरौं कि भन्ने अनुभूति हुन्छ ।


Advertisment
cg elex island
Saurya island

अन्य ठाउँमा नपाइने कान्छी चिया, पान घोत्ला चिया र फूल चिया खानेहरूले काउन्टरमा राखिएको अटोमा आफ्नो प्रतिक्रिया समेत लेख्ने गर्छन् ।

महोत्तरीको एक गैरसरकारी संस्थामा कार्यरत रहेकी बुटवलकी ३१ वर्षीया जुनु सुनारले चिया पसल सञ्चालन गरेकी छन् । एलएलबी गरेर बार काउन्सिलको लाइसेन्स समेत लिइसकेकी जुनु भने चिया बिक्री गरेर आफ्नै उद्यम सञ्चालन गर्न सफल भएकी छन् ।
  
अन्य युवायुवतीलाई उद्यमशीलताको तालिम दिने गरेकी उनी गत १ वर्षदेखि जागिर सँगसँगै स्वउद्यम सञ्चालन गर्न सफल भएकी छन् ।

Vianet communication
IME BANK INNEWS

बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म गैरसरकारी संस्थामा काम गर्नुका साथै उनले बिहान बेलुका चिया बेचेरै दिनको ५ हजार रुपैयाँसम्म आर्जन गर्ने गरेकी छन् ।   

चियाघरको ‘कान्छी चिया’ धेरै लोकप्रिय छ । त्यसबाहेक पान घोत्ला चिया र फूल चिया पनि त्यति नै लोकप्रिय छ । ती ३ किसिमका चिया सञ्चालकले आफैंले उत्पादन गरेर बिक्री गर्ने गरेकी छन् ।

‘कान्छी चिया, पान घोत्ला चिया र फूल चिया भने हाम्रो आफ्नै हातको प्रोडक्ट हो,’ जुनुले भनिन्, ‘यो ३ किसिमको चिया तपाईंहरूले अन्त कतै पाउन सक्नुहुन्न । केत्ली चिया घरको आफ्नै स्पेसल प्रोडक्ट भएका कारण यहाँ मात्र पाइन्छ ।’

कान्छी चियामा महिला गर्भवती हुँदा र बच्चा पाइसकेपछि खुवाइने ३२ मसला प्रयोग गरिन्छ । ‘खासमा त्यो सुत्केरी मसलाको स्वाद महिलाले गर्भवती हुँदा चाखेकी हुन्छन् तर पुरुषले त कहिल्यै पनि त्यसको स्वाद चाख्ने मौका पाउँदैनन्,’ उनले थपिन्, ‘पुरुषले पनि त्यो मसलाको स्वाद चाख्न पाओस् भनेर मसलाको फ्लेभर दिने गरी चिया बनाउँछौं । छाती घ्यारघ्यार हुने, निरन्तर सिंगान आइरहने, स्याँ–स्याँ हुने व्यक्तिका लागि यो चिया त निकै लाभदायी हुन्छ । यसमा ती ३२ मसलाबाहेक दालचिनी समेत मिसाउँछौं ।’

महिलालाई सम्मान स्वरूप चियाको नाम कान्छी चिया राखिएको उनले खुलाइन् ।

अर्को पान घोत्ला चिया पनि लोकप्रिय छ । ‘यहाँ तराईमा प्रायःजसो मानिसले पान खानुहुन्छ । पान खाएर जथाभावी थुक्दा सडकदेखि अन्य स्थान त फोहोर हुन्छ नै, वातावरण पनि प्रदूषित हुन्छ,’ उनले भनिन्, ‘त्यस्ता पान खाने मानिसलाई पान नै नखाई चियामै पानको फ्लेवर आओस् भन्ने उद्देश्यले पान घोत्ला चिया बनाइएको हो ।’ 

खास गरेर जाडो मौसममा पानका सौखिन मानिसहरूले त्यही पान घोत्ला चिया पिउने गरेका छन् । यो चिया पनि हर्बल टाइपको भएकाले धेरैजसोले मन पराएको जुनु बताउँछिन् । 

तेस्रो विशेष चिया भनेको फूल चिया हो । घन्टीफूल (हिबिस्कस)को फ्लेवरमा चिया बनाइन्छ । 

त्यसबाहेक गुलाफका पातहरू मिसाएर पकाइने चिया पनि त्यहाँ लोकप्रिय छ । ‘त्यो चिया खाएपछि पेटमा ग्यास जम्न पाउँदैन । हर्बल भएकाले पनि पुरानै ग्यासका बिरामीले पनि त्यही फूल चिया खान मन पराउनुहुन्छ,’ उनले भनिन्, ‘बाँकी बजारमा पाइने दूधचिया, कालो चिया, कागती हालेको चिया, ग्रीन चिया, मटका चिया, हट लेमनसहित अन्य विभिन्न किसिमका चिया पनि यहाँ पाइन्छ ।’

कान्छी चियाको मूल्य प्रतिकप ६० रुपैयाँ पर्छ । फूलचिया प्रतिकप ५० रुपैयाँमा र पान घोत्ला चिया प्रतिटीपट १२० रुपैयाँ पर्छ । ‘बजारमा जनरल चिया २० रुपैयाँमा मात्र पाइने भए पनि कान्छी कित्ली चिया घरमा भने न्यूनतम ३० रुपैयाँ पर्छ,’ उनले भनिन्, ‘मजदूरी गर्नु हुने मजदुर वर्गदेखि अन्य साधारण मानिसलाई भने बजारकै मूल्य २० रुपैयाँमा पनि चिया खुवाउने गरेका छौं ।’ 

तर विद्यार्थीदेखि अन्य वर्गलाई ३० रुपैयाँ नै लिने गरेको उनले बताइन् ।

नो वाईफाई, चियासँगै मनोपरामर्शको काम

‘केही मिठो बात, मिठो चियाको साथ । मायाले कुरा गर, मिठो चिया पिएर,’ चिया पसलमा छिर्ने काउन्टरमै कालोपाटीमा रंगीन चकले लेखिएको छ । 

त्यहाँ ‘नो वाई–फाई’ पनि लेखिएको छ । कम्तीमा चिया पिउन आउनेहरू एकअर्कासँग गफिएर चियाको स्वाद लिन पाऊन् भन्ने उद्देश्यले नै वाई–फाई नराखिएको जुनुले बताइन् ।

पसलमा केही पुस्तकहरू पनि राखिएका छन् । चियासँगै पुस्तक पनि पढ्न सकिने सुविधा दिइएको छ । २० रुपैयाँ तिरेर पुस्तक पढ्न पाइने सुविधा दिइएको छ । घरै लगेर पनि ती पुस्तकहरू पढ्न पाइन्छन् ।

जुनु सामाजिक संस्थामा मनोपरामर्शदाताका रूपमा कार्यरत छिन् । त्यसैले चिया र चुरोट पिउन आउने युवाहरूलाई उनले निःशुल्क काउन्सलिङको पनि काम गर्छिन् । त्यहाँ जाने सबै ग्राहकहरू शान्त भएर चिया पिउने गर्छन् ।

चुरोटको कुलतमा फसेका युवाहरूलाई काउन्सलिङको पनि काम गर्ने गरेको उनले बताइन् । उनी आफैं मनोसामाजिक परामर्शदाता समेत भएकी हुनाले ती ‘चेन स्मोकर’हरूको स्मोकिङ ह्याबिट छुटाउन पनि उनले परामर्श दिने गरेकी हुन्छिन् ।

‘धेरैजसो चेन स्मोकरहरूलाई बिस्तारै चुरोटको लत छुटाउन सफल भएकी छु,’ उनले थपिन्, ‘कतिपय युथहरू डिप्रेसनमा पुगेपछि चुरोट खाने गर्नुभएको छ । आफ्नै घरको समस्यादेखि बेरोजगार हुनुपर्दा अनि कामको आवश्यकताले पनि युथहरू चुरोट खाने गर्नुहुन्छ,’ उनले थपिन्, ‘बसेर चुरोटको डब्बा नै सकाउनेहरूलाई चुरोटको लिमिटेसन कायम गर्दै उनीहरूको ट्राजेडी सुनिदिने काम गर्छु ।’
 
उनीहरूको कम्प्लेन सुन्ने र चुरोटको लिमिटेसन कायम गर्दा उनीहरू चेन स्मोकरको स्थितिबाट चुरोट नै समेत छोड्न सफल भएका उनले बताइन् ।

लकडाउनमा फुर्सदिलो भएपछि चियाघरको आइडिया

बुटवलबाट ४ वर्षअघि नै बर्दिवास सरेकी जुनु गैरसरकारी संस्थामा ११ वर्षदेखि काम गर्दै आएकी छन् । सामाजिक क्षेत्रमा खासगरी बाल संरक्षण, विद्यालय नजाने किशोरकिशोरीको विषयमा काम गर्नुका साथै विद्यालय नै नजाने किशोरकिशोरीलाई कसरी उद्यमशीलतामा लाग्ने भनेर उनले गैरसरकारी संस्थामार्फत तालिम दिने काम गर्थिन् ।

कोभिडको दोस्रो लकडाउनमा गत वर्ष खास काम नै केही नभएर खाली बस्दा जुनु घरमै बोर भइरहेकी थिइन् । इमर्जेन्सी रेस्पोन्स गर्नुबाहेक कुनै काम नहुँदा उनलाई खासै रमाइलो लागिरहेको थिएन । 

गैरसरकारी संस्थामा काम गरे पनि तलबका लागि पनि महिनौं कुर्नुपर्ने बाध्यता त थियो नै, त्यसबाहेक तलबको पैसा सबै खर्च पनि भइदिने कारण जागिरका साथसाथै सानो लगानीमै भए पनि स्वउद्यमी बन्ने आइडिया आएको उनले बताइन् ।

‘शुरूमा तरकारी व्यवसायीलाई आपूर्ति गर्ने भनेर व्यवसाय सञ्चालन गरेकी थिएँ । च्याउको स्टल पनि राखेकी थिएँ तर त्यो त्यति जम्न सकेन,’ उनले भनिन्, ‘तरकारी व्यवसायमा मेरो सीप थिएन तर चिया पकाउने मसँग आफ्नै सीप भएकाले चियाघर स्थापना गर्ने निर्णय लिएँ ।’ 

टेन प्लस टूको अध्ययन सकेर सीटीईभीटीको १२ महिनाको लेभल २ सम्म खाना पकाउने कोर्स उनले गरेकी थिइन् । इन्डियन र चाइनिज रेसिपीहरू पकाउने सीप उनले त्यस कोर्समा सिकेकी थिइन् । त्यसपछि तरकारी व्यापारको साटो उनले आफ्नै सीप भएको चियाघर सञ्चालन गर्ने निर्णय लिन पुगिन् ।

उनले जग्गा भाडामा लिएर चियाघरको संरचना बनाउन लगाएर थप डेकोरेसनको काम गराइन् । जग्गाको भाडा नै मासिक ११ हजार रुपैयाँ उनले तिरिरहेकी छन् । आफ्नो आमासँगै उनी त्यहीँ चियाघरमै बस्छिन् । 

स्ट्रक्चरसहित हालसम्म १२ लाख रुपैयाँ लगानी गरिसकेको उनले बताइन् । लगानी अझै बढाउने उनको लक्ष्य छ । चियाघरमा जाडोमा भीड बढी हुन्छ । ७ दिनमा ५ दिन बढी चल्छ भने २ दिन अफसिजनजस्तै हुने गरेको उनले बताइन् । चिया बिक्रीबाट दिनमा औसत कम्तीमा पनि ४–५ हजार रुपैयाँसम्मको कारोबार हुने गरेको छ ।
  
‘यो चियाघर मात्र होइन, युथहरूको लागि इन्स्पिरेसन पनि हो,’ उनले भनिन्, ‘१० देखि ५ बजेसम्म अन्य कुनै जागिर गरेर पनि केही न केही आफ्नै व्यवसाय गर्न सकिन्छ भन्ने प्रेरणा पनि दिएको छ ।’

कपिलवस्तु र कालिकोटमा केही वर्ष काम गरेपछि रौतहटमा ५ वर्ष काम गर्दा बर्दिवासमा आएकी थिइन् । अहिले उनी त्यहीँ जमेकी छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ ७, २०७९

बागलुङको पश्चिम दुर्गम बुर्तिबाङको विपन्न परिवारकी रीमा तेनी अवसरको खोजीमा ३ वर्षअघि बुटवल झरिन् । २ छोराको जिम्मेवारी बोकेकी उनलाई अटो रिक्सा चलाउन धेरैले सुझाए । रिक्सा चलाउने ज्ञान नभएकी उनी काका नाता ...

माघ १४, २०७९

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले । ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका स...

माघ ६, २०७९

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्‍डामा आयोजना भएको छ। आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्&z...

पुस ३०, २०७९

ठूला समारोह र भोजभतेरमा ‘प्लाष्टिक’ र ‘फाइबर’बाट बनेका भाडामा खानेकुरा पस्किएर दिने चलन बढेपछि मौलिक रैथाने पातबाट बन्ने नेपाली दुना–टपरी हराउन थालेका छन् । तातो वस्तु प्रयोग...

माघ १४, २०७९

सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...

माघ १०, २०७९

विक्रम संवत् २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधाराचाँदनीमा २०२२ साल सेरोफोरामा बसाइ शुरूआत भए प...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x