
सोलुखुम्बुमा मतदान गराउन खटिएका एक कर्मचारी मृत फेला परेका छन् । नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत फेला परेको प्रहरीले बताएको छ ।
शनिबार बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहले बताए ।
अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको उनले बताए ।
सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्ने गरेको जानकारी डीएसपी शाहले बताए ।