
नेपाल लाइफ इन्स्योरेन्सले ५४.७६ अर्ब दावी भुक्तानी गरेको गरेको जनाएको छ । इन्स्योरेन्सका अनुसार यो बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो ।
इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दावी, १५.२६ अर्ब अवधि समाप्ति दावी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको जनाएको छ । यसका साथै अन्य शीर्षकजस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोगबापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधाअन्तर्गत १५.९४ अर्ब कम्पनीले दावी भुक्तानी गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।
कम्पनीले देशभर १९७ क्षेत्रीय कार्यालयहरूबाट बीमासम्बन्धी गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ ।