
काठमाडौं क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका नेता प्रदीप पौडेलको जम्काभेट भएको छ ।
मतदान केन्द्र अवलोकनमा गएका दुवै उम्मेदवारको भेट भने टोखा–७ को मतदान केन्द्रमा भएको हो ।
उनीहरू दुवै जना काठमाडौं क्षेत्र नम्बर–५ का प्रमुख प्रतिस्पर्धि हुन् । पोखरेलले काठमाडौ–५ बाट निरन्तर चुनाव जित्दै आएका छन भने तनहुँका पौडेल चुनाव लड्न काठमाडौं–५ मा आएका हुन् । कांग्रेस नेता पौडेल सत्तारूढ गठबन्धनका उम्मेदवार हुन् ।
मतदान केन्द्रमा भएको भेटका उनीहरूले सामान्यरूपमा अभिवादन आदानप्रदान भएको पौडेलका एक सहयोगीले बताए ।