०६ असार २०८३, शनिबार

प्रकाश, भूमिका र अञ्जलीले आगामी शनिवार सिड्नीमा प्रस्तुती दिँदै

प्रकाश, भूमिका र अञ्जलीले आगामी शनिवार सिड्नीमा प्रस्तुती दिँदै

लोकगायक प्रकाश दुतराज, गायिका भूमिका गिरी र मोडल अञ्जली अधिकारीले आगामी शनिवार अस्टे«लियाको सिड्नीमा सांगीतिक प्रस्तुती दिने भएका छन् ।

गुड स्ट्रीट ग्रानभिलस्थित हिमालयन प्यालेसमा हुन लागेको ‘ह्याप्पी साँझ’मा उनीहरूले प्रस्तुती दिन लागेका हुन् ।

साँझ ६ बजेदेखि १० बजेसम्म हुने साँझमा प्रकाश र भूमिकाले आफ्ना चर्चित गीत गुनगुनाउनेछन् भने अञ्जलीले चर्चित गीतहरूमा नृत्य गर्नेछिन् ।

रेस्ट रियल स्टेट्सको प्रस्तुतीमा कार्यक्रम हुन लागेको हो । प्रकाश र भूमिका कार्यक्रमको सिलसिलामा केही हप्तादेखि अस्ट्रेलियामै छन् । अस्ट्रेलियाको ब्रिसबेनमा प्रकाशले आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो । उक्त सन्दर्भमा पछि प्रकाशले स्पष्टीकरण दिएका थिए ।

सड्नीमा हुन लागेको सांगीतिक साँझ आत्महत्या प्रयासको खबर फैलिएपछिको प्रकाशको पहिलो कार्यक्रम हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्