२९ असार २०८३, सोमबार

दार्चुलामा  दीलेन्द्र बडूको अग्रता कायमै

दार्चुलामा  दीलेन्द्र बडूको अग्रता कायमै

दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै छ । ब्यास गाउँपालिका वडा नम्बर १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार ४४७ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार १९५ मत ल्याएका छन् । 

प्रदेशसभा क्षेत्र नम्बर (१) मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विक्रमसिंह धामीले तीन हजार ९१४ मत ल्याएर अग्रता कायमै रहेको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरदेव जोशी दुई हजार ६७६ मतले पछि परेका छन् । 

अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका १, २, ३, ४, ५ र ६ वडाका मत गणना सम्पन्न हुँदा प्रदेशसभा (२) मा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले मत चार हजार ५४७ ल्याएर अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवार रामदत्त जोशीले चार हजार ३५३ मत ल्याएर पछि परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्