२७ जेठ २०८३, बुधबार

सर्लाही २ अपडेट : महेन्द्र यादव ५१४ मतले अगाडि

सर्लाही २ अपडेट : महेन्द्र यादव ५१४ मतले अगाडि

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका महेन्द्र राय यादवले अग्रता लिएका छन् । बिहान ११ बजेसम्मको मतगणनाको परिणामअनुसार महेन्द्रले १ हजार ८२५ मत पाएका छन् । उनी नेपाल समाजवादीका नेता हुन् । उनले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचन लडेका थिए । 

यादवलाई लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले पच्छ्याइरहेका छन् । उनले १ हजार ३११ मत प्राप्त गरेका छन् । उनीहरूबीचकाे मतान्तर ५१४ रहेकाे छ । 

लोसपा पनि सत्ता गठबन्धनमै रहेको पार्टी हो । यद्यपि, सत्ता गठबन्धनले यादवलाई आधिकारिक उम्मेदवार बनाएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्