३० जेठ २०८३, शनिबार
मतगणना

देवेन्द्रराज कँडेललाई पछि पार्दै नवलपरासीमा राप्रपाका ध्रुबहादुर प्रधानको फराकिलो अग्रता

देवेन्द्रराज कँडेललाई पछि पार्दै नवलपरासीमा राप्रपाका ध्रुबहादुर प्रधानको फराकिलो अग्रता

पटक–पटक चुनाव जितेका नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पछि पार्दै राप्रपाका ध्रुबबहादुर प्रधानले पश्चिम नवलपरासीबाट अग्रता लिएका छन् ।

नवलपरासी पश्चिम–२ बाट प्रधानले ८ हजार ४ सय १४ मत पाउँदा कँडेलको ३ हजार २ सय ३६ मत छ । 

एमालेका दीपेन्द्रकुमार अधिकारीले १ हजार ९ सय ८७ मत प्राप्त गरेका छन् ।

यसअघिको निर्वाचनमा कँडेलले वामपन्थी गठबन्धनलाई पराजित गरेका थिए । 

प्रधान नेपाल प्रहरीको पूर्व महानिरिक्षक र नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भइसकेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्