३० जेठ २०८३, शनिबार

चितवन १ अपडेट– विश्व पौडेललाई पछि पार्दै सुरेन्द्र दोस्रोमा

चितवन १ अपडेट– विश्व पौडेललाई पछि पार्दै सुरेन्द्र दोस्रोमा

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चितवन १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै फराकिलो अग्रता बनाएका छन् । तेस्रो स्थानमा रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पहिलो पटक कांग्रेसका डा. विश्व पौडेललाई पछि पारेर दोस्रोमा आएका छन् ।

रास्वपाका ढकालले ६ हजार ३ सय ६७ मत प्राप्त गर्दा एमालेका सुरेन्द्र पाण्डेले ५ हजार ३ सय ९९ पाएका छन् । कांग्रेसका डा विश्व पौडेलले ५ हजार २ सय ९५ मत प्राप्त गरेका छन् । 

यसअघि २०७० सालमा सुरेन्द्रले चुनाव जितेका थिए । कांग्रेसबाट चुनाव लड्न विश्व पौडेलले योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्