काठमाडौं ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल भारी मतान्तरले पछाडि परेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार उनी नेपाली कांग्रेसका प्रदीप पौडेलसँग ४ हजार ५९० मतले पछाडि परेका छन् ।
कांग्रेसकाले पौडेलले १४ हजार ५२ मत प्राप्त गर्दा एमाले पोखरेलले ९ हजार ४६२ मत मात्र प्राप्त गरेका छन् । उनीहरूले प्राप्त गरेको मत अन्तर ४ हजार ५९० रहेको छ ।