२१ जेठ २०८३, बिहीबार
एकजुट विपक्षी

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलको निष्कर्ष, फिर्ता नगरेसम्म संसद् चल्न नदिने अडान

जेठ १८, २०८३
काठमाडौं
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलको निष्कर्ष, फिर्ता नगरेसम्म संसद् चल्न नदिने अडान

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री वालेन्द्र शहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमाचायनासहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि एमाले संसदीय दलकी उपनेता पद्‌मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिदासम्म संसद्‌मा विरोध जारी राख्ने बताइन् ।

श्रम संस्कृति पार्टीका आरेन राईले पनि बालेनको राष्ट्रघाती अभिव्यक्ति सच्चिनुपर्ने आफूहरूको अडान रहेको बताए ।

प्रधानमन्त्रीसँगको प्रश्नकोत्तरका क्रममा बालेनले आइतबार नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको प्रतिक्रिया दिएका थिए । यस विषयमा आज बस्ने प्रतिनिधिसभा बैठकमा आवाज उठाउने कांग्रेस सचेतक निश्कल राईले बताए ।

विपक्षी दलले प्रतिनिधिसभा नियमावली पारितका क्रममा सभामुखले गरेको व्यवहारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्