
काठमाडौं–५ मा गन्न बाँकी मतभन्दा कांग्रेस उम्मेदवार प्रदीप पौडेलको अग्रता बढी भएका छ ।
काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्यको लागि ४५ हजार ९९७ मत खसेको थियो ।
अब गन्न बाँकी ३ हजार ७०० मत मात्रै छ । तर, पौडेल भने ४ हजार ६११ मतले प्रतिस्पर्धीभन्दा अगाडि छन् ।
पौडेलसँग निकटतम प्रतिस्पर्धी एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल छन् ।