२५ जेठ २०८३, सोमबार
आमचुनाव-२०७९

काठमाडौंबाट ३ सहित प्रतिनिधि सभामा कांग्रेसका ६ जना विजयी

काठमाडौंबाट ३ सहित प्रतिनिधि सभामा कांग्रेसका ६ जना विजयी

काठमाडौंबाट कांग्रेसका तीन नेताले प्रतिनिधिसभा सदस्यको चुनाव जितेका छन् । 

काठमाडौं–१ बाट प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई पराजित गर्दै सांसद जितेका हुन् । सिंहले अघिल्लो चुनावमा पनि मिश्रलाई नै पराजित गरेर प्रतिनिधिसभा सदस्य भएका थिए । 

कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाट एमालेका डा. राजन भट्टराईलाई पराजित गरेका छन् । प्रधानमन्त्रीको दावी गरेका थापाले २०७४ को चुनावमा पनि भट्टराईलाई नै पराजित गरेर सांसद भएका थिए । 

काठमाडौं–५ बाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पौडेलले ५ हजार ६५ मतान्तरसहित एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई पराजित गरेका हुन् ।

पोखरेलको विजयी यात्रामा पौडेलले ब्रेक लगाइदिएका छन् । २०७० र २०७४ को चुनावमा पोखरेलले काठमाडौं–५ बाटै चुनाव जितेका थिए । 

यसैगरी, रसुवाबाट कांग्रेसका नेता मोहन आर्चाले प्रतिनिधिसभा सदस्य चुनाव जितेका छन् । उनले करीब १० हजार मतान्तरले छेवाङ तामाङलाई पराजित गरेका हुन् । 

त्यसैगरी, मनाङबाट टेकबहादुर गुरूङ र मुस्ताङबाट योगेश गौचन थकालीले प्रतिनिधि सभा सदस्यको चुनाव जितेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्