
म्याग्दीको प्रदेश सभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी भएका छन् ।
जुग्जाली उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ मतले पछि पार्दै निर्वाचित भएका हुन् । जुग्जालीले ९ हजार ४५४ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले ९ हजार ३५३ प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका म्याग्दी संयोजक रहेका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित भएका थिए । उनी २०७४ सालको स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित भएका थिए ।