२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा माओवादीको आपत्ति, विरोधमा देशभर मशाल जुलुस गर्ने​​

जेठ १८, २०८३
काठमाडौं
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा माओवादीको आपत्ति, विरोधमा देशभर मशाल जुलुस गर्ने​​
फाइल फोटो

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले नेपाल-भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिको विरोधमा विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा​ प्रकाण्ड ‘सी’ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आज साँझ ७ बजे देशव्यापी मशाल जुलुस गर्ने बताएका छन्।

जेठ १७ गते संसद् बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्ति ‘आपत्तिजनक र खेदजनक’ रहेको नेकपा माओवादीले जनाएको छ ।

विज्ञप्तिमा नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद कायम रहेको उल्लेख गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुरा, महेशपुर, सुस्ता, पशुपतिनगरलगायतका क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको दाबी गरिएको छ।

पार्टीले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविपरीत रहेको आरोप लगाएको छ। साथै, उक्त अभिव्यक्तिले सरकारको चरित्र उजागर गरेको दाबी पनि विज्ञप्तिमा गरिएको छ।​

null

salt training

कमेन्ट गर्नुहोस्