
ललितपुर–१ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
राणाले २३ हजार ८९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २७८ मत प्राप्त गरेका छन् ।
यसअघि विसं २०७४ पनि प्रतिनिधि सभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी प्रतिनिधि सभामा जित हासिल गर्दा राणाले २० हजार ७२९ मत प्राप्त गरेका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले ३ हजार २७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६४१ मत प्राप्त गरे ।
कुल ७४ हजार ३९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७७३ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८०२ मत बदर भएको छ भने ४८ हजार ७८१ मत सदर भएको छ ।