
रुपन्देही २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाममा अनुसार उनले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग ३९३ मतको अन्तर बनाएका हुन् ।
पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष पौडेलले ६ हजार ४४८ मत प्राप्त गरेका छन् भने रास्वपाका पौडेलले ६ हजार २२ मत पाएका छन् । विष्णु पौडेल लगातार पछाडि पर्दै आएकोमा पछिल्लो मत परिणाम भने अगाडि देखिएका हुन् ।