२५ जेठ २०८३, सोमबार
विजयी उम्मेदवार

बारा–४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी

बारा–४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी

बारा–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । उनी नेकपा एकीकृत समाजवादीका नेता हुन् । 

उनले एमालेका उम्मेदवार एकवाल मियाँलाई ६ हजार ४२८ मतले पराजित गरेका हुन् । 

अन्तिम मतपरिणामअनुसार, श्रेष्ठले २० हजार २९१ मत पाएका छन् । उनका निटकत प्रतिद्वन्द्वी एमालेका मियाँले १३ हजार ८६३ मत ल्याएका छन् । 

श्रेष्ठलाई सत्तारूढ गठबन्धनको समर्थन रहेको थियो । नेकपा एकीकृत समाजवादीको प्रतिनिधिसभा सदस्यमा यो दोस्रो जीत हो ।

यसअघि अछाम–१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवरले चुनाव जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्