२५ जेठ २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

२५ हजार बढी मतान्तरसहित रोल्पाबाट प्रतिनिधि सभामा वर्षमान पुन विजयी

२५ हजार बढी मतान्तरसहित रोल्पाबाट प्रतिनिधि सभामा  वर्षमान पुन विजयी

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन विजयी भएका छन् । बुधवार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ४१ हजार ७१४ मतसहित पुन प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाए । पुनले बुढामगरलाई २५ हजार २२९ मतान्तरले पराजित गरे ।  

यसअघि २०७४ सालमा रोल्पाबाट माओवादीका पुन नै निर्वाचित भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्