१० साउन २०८३, आइतबार

गोरखा–२ः  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जित नजिक

गोरखा–२ः  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जित नजिक

गोरखा–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदमा जितको नजिक पुगेका छन् ।

कूल ५३ हजार नौ सय ७८ मत खसेकामा ४९ हजार छ सय ८३ मत गणना सम्पन्न भएको छ । उनको मतान्तर १३ हजार दुई सय ३९ पुगेको छ । 

अध्यक्ष दाहालका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ११ हजार दुई सय ४० मत प्राप्त गरेका छन् । मतगणना हुन चार हजार दुई सय ९५ मात्र मत बाँकी रहेको जनाइएको छ ।  गोरखा–२ मा (नेकपा) एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ६ हजार चार सय ६७ मत प्राप्त गरेको साहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्