
धनकुटामा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा पराजित भएका छन् । उनलाई एमालेका राजेन्द्रकुमार राईले पराजित गरेका हुन् ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेसमा आएका हुन् । उनलाई कांग्रेसले धनकुटामा उम्मेदवार बनाएको थियो ।
राईले ३० हजार १०१ मत पाएका छन् भने थापाले २८ हजार ७०४ मत पाएका छन् ।
राईले १३ सय ९७ मतले थापालाई पराजित गरेका हुन् ।
राई दोस्रो पटक धनकुटाबाट विजयी भएका हुन् ।