२८ जेठ २०८३, बिहीबार
आमचुनाव-२०७९

कृष्ण सिटौलालाई दोस्रो पटक पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

कृष्ण सिटौलालाई दोस्रो पटक पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ मा निर्वाचित भएका छन् । उनले कांग्रेसका नेता तथा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक पराजित गरेका हुन् । 

लिङ्देनले ४० हजार ६४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार ३७२ मत पाएका छन् । उनीहरूबीचको अन्तर ३ हजार २७६ छ । 

२०७४ को चुनावमा पनि लिङ्देनले सिटौलालाई नै पराजित गरेका हुन् । 

लिङ्देनलाई एमालेको समर्थन रहेको थियो । झापा–३ मा एमालेले लिङ्देनलाई सघाए बापत झापा–५ मा राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्