
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा फेरि पछि परेका छन् । बिहीवार दिउँसो केहीबेर अग्रता लिएका सञ्चारमन्त्रीसमेत रहेका कार्की फेरि पछि परेका हुन् ।
बिहीवार अपरान्हसम्मको गणनामा एमालेका जगदिश कुसियैतले १३ हजार २ सय ७ मत पाएका छन् ।
सत्तागठबन्धनका साझा उम्मेदवार कार्कीले १२ हजार ९ सय १२ मत पाएका छन् । कार्की सुनसरीका ४ का निवर्तमान सांसद हुन् ।