
जनत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके) ले मधेशको राजनीतिमा नयाँ युगको शुरुवात भएको बताएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका उनले मधेशमा नयाँ राजनीतिक युगको शुरुवात भएको बताएका हुन् ।
बिहीवार एक अपिल सार्वजनिक गर्दै उनले मधेशमा अब विकासको युग शुरु भएको बताए । उनले आफ्नो जितलाई ‘जंगलराजको अन्त्य र सुशासनको युगको शुरुवात’को संज्ञा दिएका छन् ।
राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
