१५ असार २०८३, सोमबार

गिरिजापुत्री सुजाता एमालेका पोख्रेलसँग पराजित

गिरिजापुत्री सुजाता एमालेका पोख्रेलसँग पराजित

मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १ हजार २०८ मतको अन्तरले पराजित गर्दै पोखरेल प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका हुन् । पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् ।

सुजाता पूर्वप्रधानमन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाको छोरी हुन् । गिरिजाले यही क्षेत्रबाट लगातार तीनपटक निर्वाचित भएका हुन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पाेखरेल २०७० को संविधान सभा सदस्य निर्वाचनमा विजयी भएका थिए । त्यसबेला उनले कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई चुनाव पराजित गरेका थिए । पोखरेल २०७४ को प्रतिनिधि सभा सदस्यमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्