२८ जेठ २०८३, बिहीबार

कांग्रेस फर्किन्न, मधेशमै स्वतन्त्र अभियान चलाउछु : अमरेशकुमार सिंह

कांग्रेस फर्किन्न, मधेशमै स्वतन्त्र अभियान चलाउछु : अमरेशकुमार सिंह

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर विजयी भएका अमरेशकुमार सिंहले नेपाली कांग्रेसमा नफर्किने प्रष्ट पारेका छन् । सर्लाही ४ बाट सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मदेवार नागेन्द्र कुमारविरुद्ध बागी उम्मेदवारी दिएर जितेका सिंहलाई कांग्रेसका शीर्ष नेताहरूले पुनः कांग्रेसमा फर्किन आग्रह गरेका थिए । 

कांग्रेसका नेताहरू डा. शेखर कोइराला, रामचन्द्र पौडेल, मिनेन्द्र रिजाललगायतले फोन गरेर बधाई दिँदै सिंहलाई कांग्रेसमा फर्किन सुझाव दिएका थिए । तर, जवाफमा सिंहले आफू कांग्रेस फर्कने संभावना तत्काल नभएको बताए । उनले आफूले मधेशमा स्वतन्त्र अभियान सञ्चालन गर्ने प्रष्ट पारेका थिए । 

उनले मधेशका जनताले आफूलाई दिएको म्याण्डेटअनुसार नै आफू हिँड्ने कांग्रेसका नेताहरूलाई बताएका थिए । मधेशका जनताले आफूलाई स्वतन्त्र अभियानको नेतृत्व गर्न म्याण्डेट दिएको भन्दै सिंहले सोहीअनुसार आफूले बाँकी राजनीतिक यात्रा तय गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्