माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...
बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६४२ मतान्तरले पराजित गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहरा रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बोहराले ३६ हजार ६४८ मत ल्याएर विजयी हुँदा गृहमन्त्री खाणले ३४ हजार ६ मत मात्र ल्याउन सके ।
निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी छ । रूपन्देही सदरमुकाम सिद्धार्थनगर (भैरहवा)सँग जोडिएको क्षेत्र नम्बर ३ दीपक बोहराको गृहनगर हो । २०४८ सालदेखि संसदीय राजनीतिमा जित्दै आएका खाणकाे यात्रामा पहिलो पटक राप्रपा नेताले ‘ब्रेक’ लगाइदिएका हुन् ।
खाणलाई सत्तारुढ गठबन्धनको साथ थियो भने, बोहरालाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को साथ रहेको थियो । पञ्चायतकालदेखि रूपन्देहीमा चुनाव लड्दै आएका बोहोरा र खाणको यो पहिलो चुनावी भेट थियो ।
रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् । बोहरा पोष्ट कोभिडले चुनावी अवधिभर आवाजविहीन थिए । निर्वाचन प्रचारका क्रममा उनले कतै पनि भाषण गर्न सकेनन् । घरदैलो होस् वा चुनावी सभा, उनी पुग्थे, तर बोल्दैनथिए । बाध्यकारी अवस्थामा बोलेको पनि सहयोगीबाहेक अरुले बुझदैनथे । चुनावी सभामा उनले लेखेको भाषणअरूले नै पढिदिएका थिए । आवाजविहीन उम्मेदवार बोहोराको चुनावी कमाण्ड सम्हालेका छन्, पूर्वगृहमन्त्री निरञ्जन थापाले । उनी अहिले ‘स्पिच थेरापी’ गरिरहेका छन् ।
दुई महिनादेखि बोहोरा ‘भ्वाइस रेस्ट’ मा थिए । ‘पोस्ट कोभिड’ समस्याले उनले चर्को बोल्न नहुने भएको हो । उनको चुनाव हाँकिरहेका पूर्वगृहमन्त्री थापाले पूरै चुनावी अभियान हाँके । बोहोरानिवास सिद्धार्थनगर भैरहवामा राप्रपा जिल्ला अध्यक्ष प्रतापशमशेर राणा र नातिनी स्वाती थापाले सहजीकरण गरेका थिए ।
बोहोरा यसक्षेत्रका विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउछन् । बुटवल–तानसेन सडक र भालुवाङ– प्युठान सडकको ट्रयाक खोलेर पञ्चायत कालमा समाज सुधारक बडाहाकिमका रूपमा परिचित प्रतिमान चन्द बोहोरा र नीमा बोहोरोका माइलो छोराको रूपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक बोहोरा रुपन्देहीमा विकासको आधारभूत जग बसाउने नेतताका रूपमा स्थापित छन् ।
व्यवस्थित बस्ती, बस्तीमा सडक, खानेपानी, विद्युत्, सिँचाइदेखि शिक्षामा गुणस्तर सुधारलगायतका काममा बोहोराले सिसिलाबद्ध काम गरेका छन् । भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ आयोजना (भैलूभूज) को शुरुआत गर्दै तराईका अन्न भण्डारमा सिँचाइको प्रभावकारी व्यवस्थापन गर्ने नेताका रुपमा बोहोरालाई लिइन्छ । उनी जे जति राजनीतिमा आवद्ध भए यसअवधिमा विकासका विभिन्न आयोजनाहरुलाई अगाडि बढाउने भूमिका निर्वाह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...
कांग्रेस नेता गुरु घिमिरेले छानबिन चलिरहेको भन्दै पदप्रतिको आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। सामाजिक सञ्जालमा घिमिरेले नागरिकताको विवादपछि सांस...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण...
राप्रपाले डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...