०२ असार २०८३, मंगलबार

विद्यार्थीहरूले शिक्षिकालाई ‘आई लभ यू’ भनेपछि गइन् डिप्रेसनमा (भिडियो)

मंसिर ११, २०७९
विद्यार्थीहरूले शिक्षिकालाई ‘आई लभ यू’ भनेपछि गइन् डिप्रेसनमा (भिडियो)

भारतको मेरठमा एक विद्यालयका छात्रहरूले एक शिक्षिकालाई आई लव यू भनेपछि शिक्षिकाले प्रहरीसमक्ष उजुरी दर्ता गरेकी छन् । 

आफूलाई विद्यार्थीहरूले जिस्क्याएको र ज्यान मार्ने धम्की दिएको भन्दै उनले जाहेरी दिएकी हुन् । 

१२ कक्षामा पढ्ने विद्यार्थीहरूले आफूलाई धेरै दिनदेखि सताइरहेको उनको भनाइ छ । कक्षाभित्रै अनि बाहिर सडकमा पनि विद्यार्थीहरूले जिस्क्याउने र हैरान गर्ने गरेको उनी गुनासो गर्छिन् । 

शिक्षिकाको उजुरीपछि आरोपित विद्यार्थीहरूका विरुद्ध आईटी एक्ट उल्लंघन तथा दुर्व्यवहारको धारा लगाएर उजुरी दर्ता गराइएको छ । विद्यार्थीहरूसँग सोधपुछ जारी छ । 

डा राम मनोहर लोहिया स्मारक इन्टर कलेज राधना स्कूलकी शिक्षिकामाथि दुर्व्यवहार गरिएको हो । विद्यार्थीहरूले उनलाई आई लभ यू भन्नेदेखि अश्लील टिप्पणी गर्नेसम्मका हर्कत गरेको उनी बताउँछिन् । 

जति सम्झाउँदा बुझाउँदा पनि विद्यार्थीहरूले नटेरेको उनको गुनासो छ । विद्यार्थीहरूले जिस्क्याइरहेपछि आफू डिप्रेसनमा गएको उनी बताउँछिन् । 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला:

https://dainik-b.in/V9fq9IbIhvb

salt training

कमेन्ट गर्नुहोस्