माघ १०, २०७९
हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा माघ ४ गते बुधबारदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कान्ति बा...
सिभिल बैंकले देशैभरि विविध १२ कार्यक्रमहरूको आयोजना गरीे आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ ।
१) देशको विविध छ स्थानमा ‘गो क्यासलेस’ अभियान
नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप यस बैंकले सफा टेम्पूहरूको भाडा क्यूआर कोडमार्पmत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोह बैंकले आफ्नो १२औँ वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तैपछि नेपालगन्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरूका ट्याम्पुहरूमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने कुरा बैंकले जनाएको छ ।
जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा बोल्दै उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोर्याउने कुरा बताए ।
नोट छपाई गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।
उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, सञ्चालकहरू अम्बिर बोगटी, प्रकाश तायल, युगेशबहादुर मल्ल, शम्भुप्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरू, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरू तथा सर्वसाधरणको उपस्थिति थियो ।
अब उक्त क्षेत्रका सफा टेम्पोहरूमा यात्रा गर्ने यात्रीहरूले आफ्नो मोबाईल बैकिङ एप अथवा स्मार्ट वालेट एपमार्फत बिना कुनै झन्झट भुक्तानी गर्न सक्नेछन् जसले गर्दा खुद्रा पैसाको झन्झटबाट पनि मुक्ति मिल्नेछ ।
२) जावलाखेल शाखामा ‘प्रायोरिटि बैंकिङ’ सेवाको उद्घाटन
बैंकले जावलाखेल शाखामा प्रायोरिटि बैंकिङ सेवा शुरू गरेको छ । जसको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयुक्त रूपमा गरेका छन् ।
३) याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ
बैंकले आफ्नो पाँचथरस्थित याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ गरेकोे छ । जसको उद्घाटन याङ्वरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले गरेका छन् । याङ्वरक देशकै विकट दुर्गम स्थानमा पर्दछ जसमा सिभिल बैंकले मात्रै उपस्थिति जनाएको छ । साथै यस एटीएम उक्त गाउँपालिकाको पहिलो एटीएम हो । यस एटीएम सेवाले त्यस भेगका स्थानीयलाई सेवाको अतिरिक्त आधुनिक बैंकिङ सेवाको बारेमा पनि बुझ्न मद्दत गर्नेछ ।
सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूः
४) रक्तदान कार्यक्रम
देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३६ स्थानका निम्न उल्लिखित ५९ शाखाहरूको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे जसबाट कूल ९८४ पिन्ट रगत संकलन गरिएको थियो ।
प्रदेश १ – विराटनगर, पुष्पलालचोक, दुहबी, इटहरी, विराटचोक, विर्तामोड, अर्जुनधारा, धरान
मधेश प्रदेश – वीरगन्ज, जनकपुर, गोलबजार
बागमती प्रदेश – मूख्य शाखा, न्युरोड, बाङ्गेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्य बानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भीमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपूर, गोंगबु, किर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौँडा, सिन्धुर्ली
गण्डकी प्रदेश – शिवचोक, पोखरा, कावासोती, लेखनाथ, दमौली
लुम्बीनी प्रदेश – भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगंज, लमही
सुदूरपश्चिम प्रदेश – धनगर्ढी, लम्कीचुहा, महेन्द्रनगर
५) जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमहरू
देशभर छरिएका बैंकका ५७ स्थानमा निम्न उल्लिखित शाखाहरूमार्फत विपन्न तथा जेहन्दार छात्राहरूलाई छात्रवृति कार्यक्रमको आयोजना गरी सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५,००० प्रदान गरेको छ ।
प्रदेश १ – दमक, उर्लाबारी, गाईघाट, ओखलढुंगा, याङवरक, माईजोगमाई, सुनवर्सी, हिलिहाङ, सुरुङ्गा, दुधे, रबी, भद्रपुर, फिदिम
मधेश प्रदेश – पकाहमैनपुर, धनकौल, ढल्केबर, गोलबजार, लहान, गरुडा, धनगढीमाई, गन्जभवानिपुर, चन्द्रनीगाहपुर, निजगढ, जितपुर सिमरा, कलैया, मलङ्गहवा
बागमती प्रदेश – बाहृबीसे, मेलम्ची, धादिङ्गबेशी, साँखु
गण्डकी प्रदेश – आरुघाट, लेखनाथ, मालिङ्ग, गौंडा, भुलभुले, राइनास, बेशीशहर, धार्चे, लामाचौर
लुम्बिनी प्रदेश – विजुवार, तुलसीपु्र, माण्डवी, लालमटिया, ठाकुरद्वारा, शितलाबजार, कोहलपुर, सुनवल, जितपुर कपिलवस्तु
कर्णाली प्रदेश – रुकुम, सल्यान, भैरवी, शिवालय, वीरेन्द्रनगर, छिन्चु
सुदूरपश्चिम प्रदेश – जानकी, आदर्श, बान्नीगढी जयगढ, भजनी
६) वित्तीय साक्षरता कार्यक्रमहरू
बैंकले आफ्नो विभिन्न शाखाहरूमार्फत् विभिन्न उमेर समूहका व्यक्तिहरूलाई बैकिङ तथा वित्तीय ज्ञानसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जसमा देशैभरिबाट करिब ५०० जनाले सहभागिता जनाएका थिए ।
७) कार्तिक नाँचलाई आर्थिक सहयोग
मल्लकालीन राजा सिद्धी नरसिंह मल्लको पालादेखि प्रदर्शन हुँदै आएको ३८३ वर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, सांस्कृतिक एवं ऐतिहासिक नाँच ‘कार्तिक नाँच’को संरक्षणको लागि बैंकले रु ७५ हजार आर्थिक सहयोग गरेको छ ।
८) नेपाल बाल संगठनलाई आर्थिक सहयोग
बैंकले नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाहरूको लागि विभिन्न स्टेशनरी सामाग्रीहरूको खरिद गर्न रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
९) निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग
बैंकले सुनसरी जिल्लास्थित धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त संस्थाले विपन्न तथा पिछडिएका बालबालिकाहरूलाई प्राथमिक तह देखी उच्च तहसम्मको शिक्षा प्रदान गर्ने तथा विभिन्न सीपमूलक तालिमहरू प्रदान गर्दै आएको छ ।
१०) राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
बैंकले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्च प्रविधि क्लास रुम परियोजना’का लागि रु ५० हजार आर्थिक सहयोग उपलब्ध गरेको छ ।
११) अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग
बैंकले अपाङ्गता संरक्षण नेपाललाई दृष्टिविहीन व्यक्तिहरूको लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि रु ९५ हजार आर्थिक सहयोग उपलब्ध गरेको छ ।
१२) बेगनाश तालमा लाइफ ज्याकेट हस्तान्तरण
बैंकले कास्की जिल्ला स्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरूको सुरक्षाको लागि १०० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ ।
रु. ९५.२३ अर्ब निक्षेप संकलन गरी करिव रु. ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा ५ वर्ष÷१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरूलाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा रु. ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा माघ ४ गते बुधबारदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कान्ति बा...
एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ। आज यससम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ ला...
सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमवार औपचारिक कार्यक्रमको आयोजना ग...
हिमालयन बैंक लिमिटेडलेले ३० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका-१ मा रहेको माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशु...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरू पनि मर्जर हुनुपर्ने बताएका छन्। मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय निजी क्ष...
ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकले चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ। श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बागमती...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...