२० असार २०८३, शनिबार

दिल्लीमा लाश टुक्राटुक्रा पारिएको अर्को घटना सार्वजनिक

मंसिर १२, २०७९
दिल्लीमा लाश टुक्राटुक्रा पारिएको अर्को घटना सार्वजनिक

दिल्लीमा एक युवतीको लाख टुक्राटुक्रा पारेर फ्रिजमा राखिएको घटना सेलाउन नपाउँदै त्यस्तै किसिमको अर्को घटना पनि सार्वजनिक भएको छ । 

पांडव नगरमा बस्ने एक पुरुषको लाशलाई काटेर फ्रिजमा राखिएको प्रहरीले फेला पारेको छ । हत्याराहरूले लाशको टुक्रालाई पांडव नगर र पूर्वी दिल्लीका विभिन्न भागमा फ्याँक्ने गरेका थिए । 

यस्तो खतरनाक हत्या आमाछोराको जोडीले गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरू आफ्नो घरमा शवको टुक्रा फ्रिजमा राख्थे अनि ठाउँठाउँमा फ्याँक्ने गर्थे । 

प्रहरीले दुवै आरोपितलाई पक्राउ गरेको छ ।

दिल्ली प्रहरीका अनुसार, मृतक अंजन दासलाई मारेर उसको लाशको १० वटा टुक्रा पारिएको थियो । मृतक अंजनले पुनम नामक महिलाकी बुहारी र छोरीमाथि कुदृष्टि राख्ने गरेका थिए । त्यसपछि अंजनकी पत्नीले छोरासँग मिलेर अंजनलाई मारिन् । 

उनीहरूले अंजनलाई गत मे महिनामा रक्सीमा बेहोश हुने कुरा राखेर पिउन दिएका थिए । अंजन बेहोश भएपछि दुवैजनाले शुरूमा उसको गर्दन काटे । 

शरीरबाट रगत पूरै बगेपछि दुवैले मिलेर लाशलाई १० टुक्रा पारे अनि अनेकौं ठाउँमा लगेर फाले । 

प्रहरीले ६ वटा टुक्रा भेटेको छ भने चारवटाको खोजी गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्