अमेरिकाको मिनेसोटामा रहेको एक तालमा बरफको ठूलो टुक्रा अलग्गिएपछि १०० भन्दा बढी मानिस त्यसमा अड्केका छन् ।
अड्केका मानिसलाई सोमवार बिहान उद्धार गरिएको छ ।
अप्पर रेड लेकमा माछा मार्न गएका मानिसहरू उभिएको बरफको ठूलो टुक्रा अलग्गिएको थियो ।
बरफको मूल पत्र तथा टुक्रिएको बरफका बीचमा ६० फीटको दूरीबराबर पानी थियो ।
उद्धारकर्ताहरूले ड्रोन क्यामरामार्फत पानीको लम्बाई नापेपछि एउटा अस्थायी पुल बनाएर अड्किएका मानिसको उद्धार गरेका थिए ।